अमेरिका–इरान तनाव बढ्यो : अमेरिकी दूतावासनजिकै क्षेप्यास्त्र प्रहार | Khabarhub Khabarhub

अमेरिका–इरान तनाव बढ्यो : अमेरिकी दूतावासनजिकै क्षेप्यास्त्र प्रहार


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी सेना रहेको इराकको बलादस्थित एउटा वेस क्याम्पमा आक्रमण भएको छ । अमेरिकी फौज रहेको सो वेसमा दुईवटा रकेटबाट प्रहार भएको एएफपीले जनाएको छ ।

इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानीको शनिवार निकालिएको शवयात्राको क्रममापनि विभिन्न स्थानमा विस्फोटका आवाजहरु सुनिएको बीबीसीले उल्लेख गरेको छ ।

ती रकेट प्रहार भएको ठाउँ बगदाददेखि ८० किलोमिटर उत्तरतर्फ रहेको जनाइएको छ । ग्रीन जोनमा अमेरिकी दूतवासनजिकै एउटा क्षेप्यास्त्र खसेको थियो । अमेरिकी सैनिकहरू बस्ने ठाउँ भएको राजधानीको उत्तरी क्षेत्रमा पनि क्षेप्यास्त्र आक्रमण भएको थियो ।

तर ती घटनामा कोही घाइते नभएको इराकी सुरक्षास्रोतहरूले बताएका छन् । ती आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन। तर इरानपक्षधर लडाकुहरूलाई त्यसको दोष लगाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानका सबैभन्दा शक्तिशालीमध्ये एक जर्नेल कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीच तनाव बढिरहेको छ ।

इरानले सुलेमानीको हत्याको बदला लिने बताएको छ भने अमेरिकी राष्ट्रपति ट्रम्पले यदि इरानले अमेरिकी नागरिक वा सम्पत्तिमाथि आक्रमण गरे इरानका ५२ वटा स्थानलाई तत्काल निसाना बनाएर कडा प्रत्युत्तर दिने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ११ : २५ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न