अमेरिका–इरान तनाव बढ्यो : अमेरिकी दूतावासनजिकै क्षेप्यास्त्र प्रहार « Khabarhub

अमेरिका–इरान तनाव बढ्यो : अमेरिकी दूतावासनजिकै क्षेप्यास्त्र प्रहार


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी सेना रहेको इराकको बलादस्थित एउटा वेस क्याम्पमा आक्रमण भएको छ । अमेरिकी फौज रहेको सो वेसमा दुईवटा रकेटबाट प्रहार भएको एएफपीले जनाएको छ ।

इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानीको शनिवार निकालिएको शवयात्राको क्रममापनि विभिन्न स्थानमा विस्फोटका आवाजहरु सुनिएको बीबीसीले उल्लेख गरेको छ ।

ती रकेट प्रहार भएको ठाउँ बगदाददेखि ८० किलोमिटर उत्तरतर्फ रहेको जनाइएको छ । ग्रीन जोनमा अमेरिकी दूतवासनजिकै एउटा क्षेप्यास्त्र खसेको थियो । अमेरिकी सैनिकहरू बस्ने ठाउँ भएको राजधानीको उत्तरी क्षेत्रमा पनि क्षेप्यास्त्र आक्रमण भएको थियो ।

तर ती घटनामा कोही घाइते नभएको इराकी सुरक्षास्रोतहरूले बताएका छन् । ती आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन। तर इरानपक्षधर लडाकुहरूलाई त्यसको दोष लगाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानका सबैभन्दा शक्तिशालीमध्ये एक जर्नेल कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीच तनाव बढिरहेको छ ।

इरानले सुलेमानीको हत्याको बदला लिने बताएको छ भने अमेरिकी राष्ट्रपति ट्रम्पले यदि इरानले अमेरिकी नागरिक वा सम्पत्तिमाथि आक्रमण गरे इरानका ५२ वटा स्थानलाई तत्काल निसाना बनाएर कडा प्रत्युत्तर दिने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ११ : २५ बजे

त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय, जाँदा हेलिकप्टर, आउँदा स्थलमार्ग 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र

विपत्ति र चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

काठमाडौं– रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका

काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा