धमाधम हुँदैछ 'परदेशी २' को छायांकन | Khabarhub Khabarhub

धमाधम हुँदैछ ‘परदेशी २’ को छायांकन


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस फैलिन सक्ने भन्दै नेपालमा गरिएको लकडाउनका कारण लामो समय रोकिएको फिल्म ‘परदेशी २’ को छायांकन यतिबेला धमाधम भइरहेको छ ।

दिलिप रायमाझी, प्रकाश सपूत, केकी अधिकारी, वर्षा शिवाकोटी लगायतका कलाकारको शीर्ष भूमिका रहने यो फिल्मको एक दिनको छायांकन चितवनमा गरेर निर्माण टिम काठमाडौं फर्किएको छ ।

यसअघि फिल्मको छायांकन पाल्पाका विभिन्न स्थानमा गरिएको थियो । केकी अधिकारी, प्रकाश सपूत, दिलिप रायमाझी लगायत कलाकार पाल्पा पुगेका थिए ।

फिल्मको छायांकनका लागि वर्षा अमेरिकाबाट नेपाल आएकी छिन् । दशैं लगत्तै उनी अमेरिका उडेकी थिइन् ।

नारायण रायमाझीले निर्देशन गर्ने यो फिल्ममा सामाजिक विषयवस्तु समेटिनेछ । अब फिल्मको गीत छायांकन गर्ने निर्माण टिमले योजना बनाएको छ ।

यसअघि फिल्म ‘परदेशी’ रिलिज भएको थियो । फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया कमाएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  २ : ३० बजे

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा– मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण भएका