उदयपुरको चुनढुंगा खानीमा विष्फोट, ५ घाइते | Khabarhub Khabarhub

उदयपुरको चुनढुंगा खानीमा विष्फोट, ५ घाइते


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उद्योगको चुनढुंगा खानीमा बिहीबार राति शक्तिशाली बम विस्फोट भएको छ ।

अज्ञात समूहले सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा ४ वटा शक्तिशाली बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।

बम विस्फोटले उछिटिएको ढुंगा लागेर ५ जना खानीमा काम गर्ने मजदुर घाइते भएका छन । उनीहरुको अवस्था सामान्य छ ।

बम विस्फोटले उछिटिएको ढुंगा लागेर दुर्गाबहादुर तामांग, बिष्णुबहादुर मगर, शिवशंकर मोक्तांन, सागर मोक्तांन र नवीन मगर घाईते भएका छन । घाईते कटारीमा अस्पालमा उपचार भएको प्रहरीले जनाएको छ ।

यस्तै बम विस्फोटले एउटा स्काईभेटर र एक वटा मोटरसाईकलमा क्षति पुगेको प्रहरी ले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी भिमबहादुर दाहालका अुनुसार ४ वटा बम विस्फोट भएको सूचना प्राप्त भएको जानकारी दिए ।

बम विस्फोट कस्ले गराएको भन्ने अहिले कसैले जिम्मा लिएको छैन् । यसअघि पनि सौर्य सिमेन्टको ट्यांकर र स्काभेटरमा अज्ञात समूहले आगजानी गरेको थियो ।

बम विस्फोटको घटना बारे थप विवरण आउन बाँकी रहेको छ । यस्तै मंसिर ६ गते राति ताप्ली गाउँपालिका कार्यालय भवनमा पनि अज्ञात समूहले एउटा बम विस्फोट गराएको थियो भने एउटा विस्फोट नेपाली सेनाले डिस्पोज गराएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ११ : ३६ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय