रोहिंग्या शरणार्थीलाई असुरक्षित स्थानमा राख्न खोजिएकोमा अधिकारकर्मीको विरोध | Khabarhub Khabarhub

रोहिंग्या शरणार्थीलाई असुरक्षित स्थानमा राख्न खोजिएकोमा अधिकारकर्मीको विरोध


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बंगलादेशले सयौं रोहिंग्या शरणार्थीहरूलाई चक्रवात र बाढीको खतरा भएको इलाकामा सार्न थालेकोमा अधिकारकर्मीहरूले विरोध जनाएका छन् ।

अधिकारवादी समूहहरूका अनुसार आँफूहरूलाई असुरक्षित स्थलतर्फ सार्न लागेको भन्दै मानिसहरूलाई त्यहाँबाट भाग्न बाध्य भएको बताएका छन् ।

करीव १० लाख रोहिंग्यामध्ये अधिकांश २०१७ मा छिमेकी म्यानमारमा सैन्य आक्रमण भएपछि विस्थापित भई बङ्गलादेशको दक्षिणी क्षेत्रमा रहेका अव्यवस्थित शिविरहरूको विशाल नेटवर्कमा बस्दै आएका छन् ।

शरणार्थीमध्ये धेरैले म्यानमारमा आफूहरूको असुरक्षा भएको भन्दै फिर्ता हुन अस्वीकार गरेका थिए । तर बङ्गलादेशले उनीहरूमध्ये धेरै हिंसात्मक लागु औषध कारोबारको गिरोह र सक्रिय चरमपन्थीको साथमा सम्लग्न रहेको हुनसक्ने भन्दै फिर्ता गर्न वा आफ्नो वस्तीहरूबाट टाढा पठाउन खोज्दै आएको छ ।

यसैकारण सरकारले शिविरहरू हटाउन हतार गरेको विश्लेषणहरू भएका छन् ।

क्षेत्रीय प्रहरी प्रमुख अनवर हुसैनले शरणार्थीलाई सारिएकोबारे पुष्टि गर्दै भने, ‘बिहीबार २० वटा बसमा दुई पटकमा एक हजारभन्दा बढी शरणार्थीलाई कोक्स बजारबाट बन्दरगाह शहर चटगाउ आसपासका स्थानका शिविरमा सारिएको छ ।’

चटगाउँबाट शरणार्थीहरूलाई बङ्गलादेशको नौसैनिकको पानीजहाजबाट भसन चार टापुमा लग्न लागिएको अधिकारीहरूले बताए ।

बङ्गालको खाडी नजिकै रहेको ५२ वर्गकिलोमिटर खाली जमिनमा शिविर बनाई सरकारको पहलमा सेनाले उनीहरूलाई त्यहाँ राख्न लागेको हो ।

उक्त स्थानमा करिब एक लाख शरणार्थी राख्न सकिने गरी शिविरहरू बनाइएको छ ।

तर बङ्गालको खाडीबाट नजिक रहेको स्थान कोक्स बजारभन्दा निकै गहिराईमा रहेको र यहाँ केही वर्ष पहिले ठूला सामुद्रिक छाल आई करिब चारदेखि पाँच मिटर पानी भरिएको स्थानीयलाई उद्धृत गर्दै अधिकारवादी समूहहरूले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ६ : ४० बजे

मुुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी– निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट

सांसद्‌हरू भन्छन्‌ – ‘निजी क्षेत्रलाई विद्युत प्रसारणलाइनमा पनि संलग्न गराऔं’

काठमाडौं – विद्युत प्रसारणलाइन विस्तारमा पनि  निजी क्षेत्रलाई भूमिका दिनुपर्ने

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल