अस्ट्रेलियाबाट गहुँ खरिदमा प्रतिबन्ध लगाउने चीनको तयारी | Khabarhub Khabarhub

अस्ट्रेलियाबाट गहुँ खरिदमा प्रतिबन्ध लगाउने चीनको तयारी


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अस्ट्रेलिया र चीनबीच तनाब बढ्दै गएसँगै चीनले अस्ट्रेलियामा उत्पादित गहुँ खरिदमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

हङकङबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोस्टमा छापिएको एक समाचार अनुसार चीनले अस्ट्रेलियाबाट बर्सेनी ३९ करोड ४० लाख अमेरिकी डलर बराबरको गहुँ खरिद गर्ने गरेको छ ।

आगामी शुक्रबारदेखि नै चीनले अस्ट्रेलियाबाट जौ, चिनी, रातो अंगुर, काठ, कोइला, तामाको धाऊ समेतका कतिपय वस्तुको आयातमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । गहुँ आयातमा गर्न लागिएको प्रतिबन्ध कहिलेदेखि लाग्नेछ भन्ने स्पष्ट भइसकेको छैन ।

चिनियाँ आयातकर्ताहरुले तोकिएको मितिभन्दा पछि अस्ट्रेलियाली प्रतिबन्धित सामग्री आए त्यसको जिम्मेवार आयातकर्ताहरु नै हुने चिनियाँ अधिकारीहरुले चेतावनी दिएका छन् । अधिकारीहरुले परिवर्तित नियमहरुलाई कडाईका साथ लागू गर्न आदेश दिएका छन् ।

अस्ट्रेलियाले गत अप्रिलमा कोरोना भाइरसको उत्पत्ति चीनबाट भएको दोषारोपण गरेयता चीन र अस्ट्रेलियाबीचको सम्बन्धमा तिक्तता आएको छ ।

त्यसयता चीनले अस्ट्रेलियाबाट आयात हुने सामानमा करवृद्धि गरिसकेको छ । चिनियाँ भन्सार प्रशासनले शुक्रबार अस्ट्रेलियाबाट आयातित काठमा शंकास्पद विषादी भेटिएको जनाउँदै चीन प्रवेशमा रोक लगाएको जनाएको छ ।

 

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ६ : ३४ बजे

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता