जनस्वास्थ्यको मापदण्ड उल्लंघन गरे दण्ड जरिवाना हुन्छ, जहाँ छौँ त्यही बसेर दशैँ मनाऔँ : स्वास्थ्य मन्त्रालय | Khabarhub Khabarhub

जनस्वास्थ्यको मापदण्ड उल्लंघन गरे दण्ड जरिवाना हुन्छ, जहाँ छौँ त्यही बसेर दशैँ मनाऔँ : स्वास्थ्य मन्त्रालय


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम कम गर्न आफू जहाँ हो त्यहि बसेर दशैँ मनाउनको लागि आग्रह गरेको छ ।

नियमित पत्रकार सम्मेलनको क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जहाँ छौँ त्यहि बसेर दशैँ मनाउने व्यवस्था गर्नको लागि समन्वय गर्नका लागि सन्देश प्रवाह गर्ने भन्ने निर्णय भएको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयका सचिवको अध्यक्षतामा बसेको इन्सिडेण्ट कमाण्ड सिस्टमका पदाधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो ।

त्यस्तै सबै किसिमका गोष्टी, सेमिनार तथा बैठकहरु नगर्ने र नगराउने व्यवस्था गर्ने निर्णय भएको समेत उनले बताए ।

साथै जनस्वास्थ्यको मापदण्ड उल्लंघन गर्नेहरुलाई दण्ड जरिवाना गर्ने गरी जरिवानाको दररेट निर्धारण गरी स्वीकृतीको लागि प्रस्ताव पेश गर्न लागिएको पनि उनले बताएका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ५ : ३९ बजे

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु