ललितपुरमा प्रहरी कुट्ने ९ जनामाथि चार मुद्दामा अनुसन्धान सुरु | Khabarhub Khabarhub

ललितपुरमा प्रहरी कुट्ने ९ जनामाथि चार मुद्दामा अनुसन्धान सुरु


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुरमा प्रदर्शनका क्रममा प्रहरी माथि आक्रमण गर्ने ९ जनालाई प्रहरीले चार वटा मुद्दामा अनुसन्धान थालेको छ ।

बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका ९ जनालाई प्रहरीले चार वटा मुद्दामा अनुसन्धान थालेको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार बिहीबार पक्राउ परेका ९ जनालाई हिरासतमा लिई विभिन्न मुद्दामा अनुसन्धान थालिएको हो।

पक्राउ पर्नेमा ललितपुर – १६ गावाहलका महेश बज्राचार्य, ११ का पृथबिन्दु महर्जन, २१ का अशोजकुमार महर्जन, ६ का रवी शाक्य, १६ का रवीन शाक्य, महालक्ष्मी नगरपालिका – १ इमाडोलका सुविन शाक्य, ध्रुवराज बज्राचार्य, भक्तपुर ठिमी – ८ का श्याम श्रेष्ठ र काठमाडौं –१६ का यादवलाल कायस्थ छन्।

राईका उनका अनुसार संक्रामक रोग ऐन २०२०, कुटपिट, स्थानीय प्रशासन ऐन २०२८ र सार्वजनिक शान्तिविरूद्धको कसुरमा उनीहरूलाई अनुसन्धान भइरहेको छ।

बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भीडले प्रहरी जवान घिमिरेलाई ज्यान मार्ने उद्देश्यले आक्रमण गरेका थिए।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  १ : ०९ बजे

सेती लोकमार्ग निर्माणमा ढिलाइ, अझै खुलेन ट्रयाक

गोदावरी– कैलालीको टीकापुरदेखि बझाङको उत्तरी सीमा उरै भञ्ज्याङ जोड्ने सेती

म्याग्दीमा उन्मूलन भयो औलो

म्याग्दी– म्याग्दीबाट औलो रोग उन्मूलन भएको छ । नेपालमा दुई

क्यानाडाको आश देखाएर यौन शोषण, बिहेको बहानामा दुबई लगेर बेचियो

काठमाडौं – क्यानाडा पठाइदिने प्रलोभन देखाएर युवतीलाई दुबईमा बेचेको अभियोगमा

नेता किमले गरे मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण

सोल– उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको

सालझण्डी-ढोरपाटन सडक स्तरोन्नतिमा ढिलासुस्ती

ढोरपाटन– राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको ट्रयाक खुलेको १३ वर्ष