नेशन्स लिग फुटबल : इन्जुरी समयमा स्पेनले रोक्यो जर्मनीलाई | Khabarhub Khabarhub

नेशन्स लिग फुटबल : इन्जुरी समयमा स्पेनले रोक्यो जर्मनीलाई


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- नेशन्स लिग फुटबल स्पेनले जर्मनीलाई जितेको छ । गएरातिको खेलमा जर्मनीले दोस्रो हाफको सुरुमा लिएको अग्रता अन्तिम समयसम्म कायम राखेको थियो ।

तर इन्जुरी समयमा स्पेनले बराबरी गोल गरेर खेलमा आफू हारबाट जोगियो भने जर्मनीलाई जित दर्ता गर्न दिएन । गोसेन्सको सहयोगमा टिमो वेर्नरले ५१ औँ मिनेटमा गोल गरी जर्मनीलाई अग्रता दिलाए । तर स्पेनका लागि जोसे गायाले बराबरी गोल गरे ।

इन्जुरी समयको पाँचौँ मिनेट अर्थात ९५ औँ मिनेटमा गायाले रोड्रिगोको सहयोगमा गोल गरेका हुन् । झण्डै १० महिनापछि दुवै टिम अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा फर्किएका हुन् । दुई ठूला देशबिचको खेल अति रोमाञ्चक बनेको हो ।

गएराति कै अर्को खेलमा वेल्सले फिनल्याण्डमाथि १-० को जित दर्ता गरेको छ । वेल्सको जितमा ८० औँ मिनेटमा किएफर मूरले गरेको गोल नै निर्णायक बनेको हो ।

नेशन्स लिग अन्तर्गत बिहीबार राति भएका अरु खेलमा रुसले सर्बियालाई ३-१, युक्रेनले स्वीट्जरल्याण्डलाई २-१, हंगेरीले टर्कीलाई १-० तथा फारोइ आइल्याण्डले माल्टालाई ३-२ ले पराजित गरेका छन् ।

यस्तै लात्भिया र एन्डोरा तथा स्लोभेनिया र ग्रिसले गोलरहित, माल्डोभा र कोरोभो तथा बुल्गेरिया र रिपब्लिक अफ आयरल्याण्डले १-१ को बराबरी खेलेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ६ : २२ बजे

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा