खोकनामा प्रहरी र स्थानीयबीच झडप, ४ प्रहरी घाइते | Khabarhub Khabarhub

खोकनामा प्रहरी र स्थानीयबीच झडप, ४ प्रहरी घाइते


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुरको खोकनामा स्थानीय र प्रहरीबीच झडप भएको छ ।

प्रस्तावित फास्ट ट्रयाकको विरोधमा उत्रिएका स्थानीयले खुदोलमा धान रोपाइँ गर्न जाँदा प्रहरीले अवरोध गरेपछि झडप भएको हो ।

झडपमा परी ४ जना प्रहरी घाइते भएका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि ७ राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको छ ।

धिमे र भुस्या बजाउँदै धान रोपाईमा सहभागी भएका उनीहरुले खोकनाको कृषि योग्न जमिन अतिक्रमण गर्न नपाइने भन्दै प्रदर्शन गरे ।

जग्गाधनी लालपूर्जा लिएर खेतमा खेतमा रोपाइ गर्न पुगेकाहरुलाई रोकेपछि स्थानीय र प्रहरीबीच केही समय झडप भएको थियो । सो क्रममा स्थानियले प्रहरीमाथि ढुङ्गा प्रहार गरेको थियो भने प्रदर्शनलाई रोक्न प्रहरीले लाठीचार्ज र केही सेल अश्रुग्यास प्रहार गरेको थियो । झडपका क्रममा केहि प्रदर्शनकारी समेत घाइते भएका छन् ।

फास्ट ट्रयाकका कारण बुंगमती, खोकना, कुदेश र सिकाली मन्दिरको सांस्कृतिक र ऐतिहासिक सभ्यताका साथै उपत्यकाकै खेती योग्य जमिन मासिने भन्दै स्थानीयले विरोध गर्दै आएका छन् ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ७ : १७ बजे

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्