लागुऔषध गाँजासहित चार जना पक्राउ | Khabarhub Khabarhub

लागुऔषध गाँजासहित चार जना पक्राउ


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- रौतहटमा अवैध लागुऔषध गाँजासहित चार जना पक्राउ परेका छन् । देवाही गोनाही नगरपालिका–८ गोनाही चोकबाट २० किलो लागुऔषध गाँजासहित ४ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उपनगरपालिका–११ थानाभर्‍याङ बस्‍ने २७ वर्षीय निरज लामा, कैलास गाउँपालिका–९ कुमलटार बस्‍ने २८ वर्षीय बिसाल लामा, हेटौंडा उपमहानगरपालिका–१२ पदम पोखरी बस्‍नेहरु सागर लामा र अंकित लामा रहेका छन् ।

इलाका प्रहरी कार्यालय देवाही गोनाही रौतहटबाट खटिएको प्रहरीले मौलापुरबाट जयनगरतर्फ जाँदै गरेको बा.६४ प ९३०७ र ना.४५ प ६३९८ नम्बरको मोटरसाइकललाई जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरु ४ जनाको साथमा ४ वटा झोलामा रहेको उक्त लागुऔषध गाँजा फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  १ : १० बजे

नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं-  अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई

अन्तरिक्षयान भोयाजर-१ ले २४ अर्ब किलोमिटर टाढाबाट पृथ्वीमा सन्देश पठायो 

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान भोयाजर–१ ले पृथ्वीको २४

भारतमा दोस्रो चरणको मतदान सुरु

भारत– भारतमा छ साता लामो चुनावी अभियान शुक्रबार पुनः सुरु

अढाई वर्षीया नाबालिका भारतीयलाई बेचियो, पाल्ने जिम्मा लिएकी महिला पक्राउ

काठमाडौं– एकजना अढाई वर्षीया नाबालिकालाई भारत लगेर बेचेको खुलेको छ

भोजपुरको दुर्गम भेगमा निःशुल्क उपचार

भोजपुर– गरिबीका कारण उपचारबाट बञ्चित भोजपुरको उत्तरी क्षेत्रका दुई स्थानीय