रंगभेदविरुद्ध थ्रीस्टारले लेख्यो – साथमा हुँदा हामी बलियो छौं | Khabarhub Khabarhub

रंगभेदविरुद्ध थ्रीस्टारले लेख्यो – साथमा हुँदा हामी बलियो छौं


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शहीद स्मारक ए डिभिजन क्लब थ्रीस्टारले रंगभेदविरुद्ध आवाज उठाएको छ ।

क्लबको अफिसियल फेसबुक पेजमार्फत् रंगभेदविरुद्ध बोलेको थ्रीस्टारले आफ्ना कप्तान विक्रम लामा र अफ्रिकन खेलाडी गोलकिपर गियोम एनजङगा फोटा सेयर गरेको छ ।

‘हामी साथमा हुँदा बलियो छौं,’ थ्रीस्टारले पेजमा लेखेको छ ।

अमेरिकामा गोरा जातिका प्रहरी अधिकारीले मे २५ मा अश्वेत नागरिक जर्ज फ्लोयडलाई हत्कडी लगायर घाँटी थिची हत्या गरेको विरोधमा अहिले अमेरिकामा आन्दोलन चलिरहेको छ ।

हप्ता दिनभन्दा लामो समयदेखि चलिरहेको आन्दालनमा विभिन्न माध्यमबाट विश्व समुदायले पनि समर्थन जनाउँदै आएको छ ।

खेलाडी, क्लब र विभिन्न निकायहरुले फ्लोयड हत्याको घटनाको निन्दा गर्दै रंगभेद जस्ता कुनै पनि किसिमका भेदभावको अन्त्यको माग भइरहेको छ ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  १० : ३५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड