लकडाउनको अवज्ञा गर्दै मैतिदेवीमा खुलेका पसल प्रहरीले गरायो बन्द | Khabarhub Khabarhub

लकडाउनको अवज्ञा गर्दै मैतिदेवीमा खुलेका पसल प्रहरीले गरायो बन्द


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  लकडाउनको अवज्ञा गर्दै काठमाडौं मैतीदेवी क्षेत्रमा बिहीबार बिहान  व्यापारीले केहीबेर पसल खोलेका छन् ।

साढे २ महिनादेखिको लकडाउनले जनजीवन कष्टकर भएको भन्दै व्यापारीहरूले पसल खोलेपछि प्रहरीले बन्द गराएको थियो । सोक्रममा प्रहरी र ब्यापारीबीच केही बेर भनाभन भएको बताइएको छ ।

बिहीबार बिहानै फेन्सी पसलदेखि रेस्टुरेन्टसम्म खोलिएपछि स्वयंसेवकको सहयोगमा प्रहरीले ती सबै पसल बन्द गराएको हो ।

सरकारले लकडाउनको विकल्प नखोजेकाले आजदेखि पसल खोल्ने ब्यापारीले चेतावनी दिइसकेका छन् ।

लकडाउनका कारण व्यापार व्यवसाय ठप्प हुँदा समस्या परेको भन्दै काठमाडौंका व्यवसायीले आजदेखि बिहान ११ बजेसम्म पसल तथा व्यवसाय खुला गर्ने एकतर्फी निर्णय गरेका थिए ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  १० : ४१ बजे

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा