सप्तरीबाट काठमाडौं आएका इन्डोनेशियाली नागरिकलाई सुरक्षा दिन ‘गोप्य’ ठाउँ सारियो « Khabarhub

सप्तरीबाट काठमाडौं आएका इन्डोनेशियाली नागरिकलाई सुरक्षा दिन ‘गोप्य’ ठाउँ सारियो


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाभाइरस सङ्क्रमण फैलिने त्रासका बीच १३ जना इन्डोनेशियाली नागरिकलाई गोप्य ठाउँमा राख्न नेपाल सरकार बाध्य भएको छ।

यसअघि ती मुस्लिम धर्मावलम्बीहरू राखिएका तीन ठाउँमा स्थानीय नागरिक र जनप्रतिनिधिबाट विरोध भएपछि त्यसो गर्न बाध्य भएको गृह मन्त्रालयको भनाइ छ।

सप्तरीको धार्मिक कार्यक्रममा सहभागी भएर उनीहरू चैत १९ गते काठमाण्डू आइपुगेका थिए।

सुरुमा काठमाण्डूको माछापोखरीस्थित एउटा मस्जिदमा उनीहरूलाई राखियो। त्यहाँ विरोध भएपछि ललितपुरको महालक्ष्मी नगरपालिकाको इमाडोलस्थित मस्जिदमा सारियो।

पछि गोदाबरीको रिसोर्टमा सार्दा पनि विरोध हुन नछोडेपछि प्रहरीले उनीहरूलाई त्यहाँबाट अन्यत्र सारेको हो।

अहिले कहाँ राखिएको छ?

सम्भवत: स्थान खुलाउँदा फेरि पुरानै अवस्था दोहोरिने आशङ्काले कुनै पनि अधिकारी अहिले उनीहरूलाई कहाँ राखिएको छ भन्न सक्ने अवस्थामा छैनन्।

ललितपुर प्रहरीका प्रमुख वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले भने, “प्रहरीले उहाँहरूलाई राम्रो प्रबन्धका साथ राखेको छ।”

गृह मन्त्रालयका एक अधिकारीका अनुसार उनीहरू भारतको कार्यक्रममा सहभागी भएर फर्किएको र कोरोनाभाइरसबाट सङ्क्रमित भएको प्रचारले स्थानीय बसिन्दा र जनप्रतिनिधिको साथ नपाइएको ठानेका छन्।

ती अधिकारीका अनुसार उनीहरूमा ३६ देखि ६९ वर्षका पुरुष छन्।

सप्तरीको कार्यक्रमबाट फर्किएका उनीहरूमा भाइरस सङ्क्रमणको कुनै सङ्केत छैन। प्रहरीले स्वास्थ्य परीक्षण गरेर नै उनीहरूलाई आफ्नै गाडीमा ठाउँठाउँमा लगेको हो। बीबीसीबाट

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ९ : ०८ बजे

‘नेपाल इयुको हवाई प्रतिबन्धबाट छिट्टै हट्छ’

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालले हवाई

सल्यानबाट पाटे बाघ नियन्त्रणमा

सुर्खेत- जिल्लाको कालीमाटी गाउँपालिका वडा नम्बर- ७ घुईयाबारीबाट पाटे बाघ

सुदूरपश्चिममा बढ्दै कोरोना सङ्क्रमित

बैतडी- सुदूरपश्चिम प्रदेशमा शून्यमा झरेको कोरोना सङ्क्रमण दर हाल निरन्तर

तीन बुँदे सहमति कार्यान्वयन गर्न नेपाल कम्यूनिष्ट पार्टीको माग

खोटाङ- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी खोटाङले २०७७ साल फागुन

प्रहरीको सम्पूर्ण ध्यान मंसिर ४ गते हुने निर्वाचनमा केन्द्रित छ : प्रहरी महानिरीक्षक सिंह

सप्तरी- नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) धीरज प्रताप सिंहले प्रहरीको सम्पूर्ण