प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरेका डाक्टरको अनुभव– अपरेशनको अघिल्लो रात निदाउनै सकिनँ | Khabarhub Khabarhub

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरेका डाक्टरको अनुभव– अपरेशनको अघिल्लो रात निदाउनै सकिनँ


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ । प्रधानमन्त्री ओलीलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी हुन् ।

बुधबार बिहान १० बजेदेखि शल्यक्रिया कक्षमा लगिएका प्रधानमन्त्री ओलीको ५ घण्टाको अवधिमा मिर्गौलाको सफल प्रत्यारोपण गरिएको हो ।

त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर प्रेम ज्ञवालीको नेतृत्वमा १६ जना चिकित्सकको टोलीले प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपण गरेको हो ।

चिकित्सकीय टोलीको नेतृत्व गरेको डा ज्ञवाली ले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्दाको आफ्नो अनुभव खबरहबसँग साटेका छन् ।

बुधबार साँझ खबरहबसँग संक्षिप्त कुराकानी गर्दै डा ज्ञवालीले प्रधानमन्त्रीको अपरेशन गर्नु अगाडिको राति (मंगलबार राति) आफूलाई निद्रा नै नपरेको सुनाए । ‘अपरेशन हुने दिनको अघिल्लो रात सुत्न पाइन, के होला कसो होला भन्ने तनाव हुन्छ । अपरेशन राम्रो होला, नहोला ! सबै अपरेशन शतप्रतिशत सफल हुन्छन् भन्ने हुँदैन,’ डा ज्ञवालीले आफ्नो अनुभव सुनाउँदै खबरहबसँग भने ।

डा ज्ञवालीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्दाको अनुभव यसरी सुनाए–

१९ गते भर्ना भएपछि उहाँ (प्रधानमन्त्री ओली)लाई आवश्यक पर्ने इन्भेस्टिगेशन सबै गर्‍यौं । इन्भेस्टिगेशन गर्दाखेरि उहाँमा मिर्गौला प्रत्यारोपण गर्न मिल्ने देखियो ।

विदेश (भारत)बाट पनि चिकित्सक मगाइयो, हामीसँग क्षमता नभएर होइन, ब्याकअपका रुपमा । उहाँ एकजना बिरामी मात्रै हैन, हाम्रो देशको प्रधानमन्त्री पनि हो ।

अपरेशन शुरु गर्नुभन्दा अगाडिसम्म हामी एकजना विशेष व्यक्ति, देशको कार्यकारी प्रमुखको अपरेशन गर्दै छौं भन्ने ‘फिलिङ’ आयो । तर, जब अपरेशन शुरु गर्‍यौं त्यसपछि सबै नर्मल नै भयो ।

अपरेशन हुने दिनको अघिल्लो रात भने सुत्न पाइनँ, के होला कसो होला भन्ने तनाव हुन्छ । अपरेशन राम्रो होला, नहोला ! सबै अपरेशन शतप्रतिशत सफल हुन्छन् भन्ने पनि हुँदैन । तैपनि हामी सर्जनहरुका लागि त्यो एउटा डेली रुटिन जस्तै हो ।

अपरेशन सफल हुन्छ भन्ने विश्वास थियो । भयो पनि । अपरेशन सफल हुँदा त्यति धेरै एक्साइटेड त भएनौं । तर, प्रधानमन्त्रीले हामीमाथि गरेको विश्वासले गौरवान्वित महसुस गरायो ।

देशको कार्यकारी प्रमुखले आफ्नै देशको अस्पताल, आफ्नै देशका चिकित्सकलाई विश्वास गर्दा आम नागरिकमा पनि हाम्रा डाक्टरहरु सक्षम छन्, अस्पताल राम्रो छ भन्ने सकारात्मक सन्देश प्रवाह भयो ।

मिर्गौला प्रत्यारोपण सम्पन्न भएपछि अहिले उहाँ होसमा पनि आइसक्नु भएको छ । सामान्य कुराकानी (संवाद) गर्नसक्ने अवस्थामा हुनुहुन्छ । होसमा आउँदा हामीले उहाँलाई हजुरको अवस्था कस्तो छ भनेर सोध्यौं । उहाँले राम्रो छ भनेर जवाफ दिनुभयो ।

अहिलेसम्मको प्रक्रियामा उहाँको स्वास्थ्य अवस्था सबै नर्मल छ । स्वास्थ्यस्थिति स्थिर रह्यो भने पर्सी (शुक्रबार)सम्म उहाँमा प्रत्यारोप गरिएको (नयाँ) मिर्गौलाले नर्मल ब्लड प्रवाह गर्छ ।

भनेअनुसार गयो भने हामीले उहाँलाई सोमबारसम्म डिस्चार्ज गर्छौं ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ७ : ५४ बजे

कक्षा १२ को परीक्षा (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा