एमसीसी पास गर्नुपर्छ, विरोध होइन : देउवा | Khabarhub Khabarhub

एमसीसी पास गर्नुपर्छ, विरोध होइन : देउवा


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) हुबहु पारित हुनु पर्ने बताएका छन् ।

धनगढीस्थित देउवा निवासमा प्रेस युनियन कैलालीले गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले यति ठूलो अनुदान रकम यसअघि नेपालमा नआएको भन्दै सम्झौता हुबहु पारित हुनुपर्ने बताए ।

‘यति ठूलो पैसा नेपालमा आएकै थिएन, पास हुनुपर्छ’एमसीसीबारे पत्रकारले सोधेको प्रश्नमा जवाफ दिँदै देउवाले भने । केही पक्षले एमसीसीको बिरोध गरिरहेको भन्दै देउवाले बिरोध गर्न नुहुने बताए ।

‘केही पक्ष एमसीसीको विरोधमा पनि छन् नि ?’भन्ने पत्रकारको प्रश्नमा देउवाले भने,’त्यो गर्नै नहुने कुरा हो ।’

पत्रकार सम्मेलनमा देउवाले कोरोना संक्रमणबाट जोगिन सचेत हुनुपर्ने बताए ।

उनले हात निमलाउन आग्रह गर्दै भने, “हात मिलाउन हुँदैन । नमस्ते गर्नुपर्छ, हामी त जय नेपाल गर्छौं ।’

उनले देशमा भ्रष्टाचार र अनियमितता बढेको र यो रोकिन आवश्यक भएको बताए ।

नेपाली कांग्रेसमा विभागको गठनमा अर्को पक्षको असन्तुष्टि रहेको बारे सोधिएको प्रश्नमा उनले सल्लाह गर्दा नभएपछि विभाग गठन गरेको बताए । देउवाले पार्टी महाधिवेशन तोकिएकै समयमा हुने दाबी गरे ।

प्रधानमन्त्री केपी ओली अस्वस्थ्य रहेको भन्दै उनले स्वास्थ्य लाभको कामना गरे ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ११ : ०० बजे

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि