एमसीसी नितान्त आर्थिक विकासको कार्यक्रम हो, कुनै रणनीतिसँग सरोकार राख्दैन: अमेरिकी उपसहायक विदेशमन्त्री हेनिक | Khabarhub Khabarhub

एमसीसी नितान्त आर्थिक विकासको कार्यक्रम हो, कुनै रणनीतिसँग सरोकार राख्दैन: अमेरिकी उपसहायक विदेशमन्त्री हेनिक



नेपाल सरकारले अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सँग गरेको सम्झौता कार्यान्वयनमा ल्याउन संसदबाट अनुमोदन गर्नुअघि नेपालमा सघन बहस चर्किएको छ ।

नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको सम्झौताअनुसार नेपालमा सडक स्तरोन्नति तथा ऊर्जा व्यापारलाई सहज बनाउने आर्थिक कार्यक्रमलाई पछिल्लो दिन सैन्य रणनीतिको भाग रहेको शंकामा बहस चर्काइएको छ ।

एमसीसीका आधिकारीक दस्तावेज, नेपाल सरकार, अमेरिकी अधिकारीहरुका भनाई तथा नेपालस्थित अमेरिकी दूताबास र राजदूतको पटक–पटकको स्पष्टीकरण बाहिर बिभिन्न शंकाका आधारमा बहस र बिरोध जारी छ । एमसीसी कुनै सैन्य रणनीति हो या होइन भन्ने बिषयले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी भित्रै बिबाद सिर्जना भएको छ ।

सरकारले एमसीसीसँग गरेको सम्झौता संसदबाट अनुमोदन भएपछि मात्र कार्यान्वयनमा जान्छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एमसीसीबारे दिएको पटक पटकको स्पष्टीकरण र जानकारीले पनि शंका रोकिएको छैन । परराष्ट्रमन्त्री ज्ञवाली स्वयंले नै एमसिसीविरुद्ध अनावश्यक, अतिरञ्जित र प्रायोजित प्रचार गरिएको बताउन थालेका छन् ।

खबरहबको कार्यालयमा कुराकानी गर्दै अमेरिकी उप–सहायक विदेशमन्त्री जोनाथन हेनिक, तस्वीर– अदिप श्रेष्ठ/खबरहब

नेपालमा जुन रुपमा एमसीसीबारे बहस भइरहेको छ, के वास्ताविकता त्यस्तै हो त ? नेपालको तीन दिने भ्रमणमा रहेका मध्य एशिया र दक्षीण एशिया हेर्ने  अमेरिकी उप–सहायक विदेशमन्त्री जोनाथन हेनिकसँग हामीले यस्तै विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौं ।

खबरहबका लागि सम्पादक  ईश्वरदेव खनालले एमसीसीमार्फत अमेरिकाले प्रदान गर्दै आएको आर्थिक सहायता र नेपालका सन्भर्दमा भइरहेका प्रगतिबारे गरेको कुराकानीको सम्पादित अंश यहाँ  प्रस्तुत गरिएको छ

एमसीसीबारे नेपालमा धेरैथरीका शंकाहरु देखिएका छन् यसलाई कसरी हेर्नुभएको छ ?

वास्तवमा यो यर्थाथ बाहिरको दुखःद कुरा हो । एमसीसी नितान्त आर्थिक विकासको कार्यक्रम रहेको बारे प्रष्ट हुन जरुरी छ । एमसीसी अन्तर्गत अमेरिकी सरकारले नेपाललाई ५० करोड अमेरिकी डलर आर्थिक अनुदान सहायताको रुपमा उपलब्ध गराउँदै छ । यद्यपी, यो विषय कता–कता राजनीतिक बनाइएको छ । म समस्त नेपालीजनलाई के प्रष्ट पार्न चाहन्छु भने यो अनुदान सहायतामा अन्य कुनै स्वार्थ र रणनीतिक विषयसँग जोडिएको छैन । हामीले प्रदान गर्न लागेको अनुदान नेपाल र नेपाली अर्थतन्त्रको विकासको लागि उपलब्ध गराइएको हो । एमसीसीको कुनै प्रकारको रणनीति, सैन्य मामिला या अन्य शंका गर्नुपर्ने बिषयहरुसँग सरोकार छैन ।

एमसीसी र ‘इण्डो प्यासिफिक स्ट्राटेजी’ बीच कुनै सम्बन्ध छ कि छैन ?

म प्रष्ट पार्न चाहन्छु ‘इण्डो प्यासिफिक स्ट्राटेजी’ र एमसीसीबीच कुनै सरोकार छैन । एमसीसी नितान्त विकास सहायता हो । एमसीसीलाई अन्य बिषयसँग जोडेर अमेरिकाको नियतबारे शंका गर्न जरुरी छैन । अर्कोतर्फ ‘इण्डो प्यासिफिक स्ट्राटेजी’ भनेको विधिको शासन, खुलापन, स्वतन्त्रता र कानूनी शासन हुनुपर्छ भन्ने अमेरिकी मान्यता हो । ‘इण्डो प्यासिफिक स्ट्राटेजी’ कुनै सैन्य गठबन्धन, कसैलाई एक्ल्याउने रणनीतिक गठबन्धन, या निश्चित देशहरुबीचको सदस्यतामा आधारित संस्था होइन ।

खबरहबको कार्यालयमा कुराकानी गर्दै अमेरिकी उप–सहायक विदेशमन्त्री जोनाथन हेनिक, तस्वीर– अदिप श्रेष्ठ/खबरहब

एमसीसी सहायता दिँदा अमेरिकाले नेपाललाई भारतीय चश्माले हेरेको हो कि भन्ने शंका पनि छ, के यो साँचो हो ?

नेपाल र अमेरिकाबीचको सम्बन्ध अन्य कुनै देशमाथि निर्भर छैन । अमेरिका र नेपालबीच ७ दशक लामो निरन्तर साझेदारिता र मित्रता छ । निश्चित रुपमा, हामीले नेपाल र यस क्षेत्रका अन्य राष्ट्रहरुसँग सामूहिक रुपमा काम गर्न इच्छुक रहेका केही क्षेत्रहरु छन् । तरपनि हाम्रो नेपालसँगको सम्बन्ध आफ्नै किसिमको छ र अन्य कुनै राष्ट्रको चश्माबाट हेर्नुपर्ने छैन ।

नेपालले यो वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष २०२० मनाइरहेको छ । यस सन्दर्भमा अमेरिकाबाट नेपाल आउने पर्यटकमा पनि बृद्धि हुन सक्ने सम्भावना देख्नुहुन्छ ?

नेपाल अविश्वसनीय र अतुलनीय प्राकृतिक सौन्दर्यले भरिएको तथा अनुपम संस्कृतिको नमूना हो । नेपाल अमेरिकी पर्यटकका लागि मात्र नभइ अन्य राष्ट्रहरुका नागरिकलाई समेत सहजै आकर्षक गर्न सक्ने र मन जित्न सक्ने स्थान हो ।

नेपालको प्रकृतिले सबैलाई मोहित गरिसकेको छ । मलाई लाग्छ अमेरिकाबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या अवश्य पनि बृद्धि हुनेछ । पर्यटन वर्षमा अझ बढी अमेरिकी पर्यटक भित्र्याउन, राम्रो परिस्थिति निर्माण गर्न आवश्यक सहयोगका लागि अमेरिका सधैं तत्पर छ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ६ : ०१ बजे

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता