पौडेल पक्राउको विरोधमा आज पनि माइतीघरमा प्रदर्शन | Khabarhub Khabarhub

पौडेल पक्राउको विरोधमा आज पनि माइतीघरमा प्रदर्शन


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधबार पक्राउ गरेको विरोधमा तरुण दलले आज माइतीघरमा प्रदर्शन गरेको छ ।

बिहीबार माइतिघर मण्डालामा उपस्थित भएर तरुण दलका कार्यकार्ताले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरे । अध्यक्ष जितजंग बस्नेतको नेतृत्वमा भएको विरोधसभा प्रर्दशनकारीहरुले ‘भ्रष्टाचारी सरकार, मुर्दावाद’, ‘संवैधानिक दायित्व पूरा गर’ ‘शान्ति सुरक्षा कायम गर’लगायतका नारा लगाएका थिए।

यसैबीच नेता पौडेललाई पक्राउ गरेको विरोधमा भक्तपुरका कांग्रेस कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन्।

कांग्रेस भातृ संगठन तरुण दलको आयोजनामा भएको विरोधमा सभामा कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, जिल्ला कार्यसमिति भक्तपुरका पदाधिकारीहरू, महासमिति सदस्य र स्थानिय पार्टी कार्यकर्तासहितको उपस्थिति रहेको थियो ।

बुधबार तनहुँको ब्यास नगरपालिकाको पुलको उद्घाटन गर्न पुगेका पौडेललाई सत्तारुढ नेकपाको दबाबमा प्रशासनले तीन घण्टा नियन्त्रणमा लिएको थियो।

बुधबार उद्घाटन गर्न नपाए पनि पौडेलले बिहीबार दिउँसो उक्त पुलको उद्घाटन गरेका छन्।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ७ : २६ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम