विश्वको एउटा यस्तो देश‌, जहाँ नेपाल र भारतपछि सबैभन्दा धेरै हिन्दूहरू छन् | Khabarhub Khabarhub

विश्वको एउटा यस्तो देश‌, जहाँ नेपाल र भारतपछि सबैभन्दा धेरै हिन्दूहरू छन्


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

नेपाल र भारतमा हिन्दू धर्मका लाखौं अनुयायी छन् । विश्वभरमा हिन्दू धर्मका एक अरब भन्दा धेरै अनुयायीहरू छन् । यो भनेको विश्व जनसङ्ख्याको करीब १५% हो ।

हिन्दू धर्म मान्नेमध्ये अधिकांश दक्षिण एसियामा (करीब ९८%) रहेका छन् । विश्वमा हेर्ने हो भने इसाई (३२%), इस्लाम (२३%) र बुद्ध (७%) धर्मसँगै हिन्दू धर्म संसारमा सबैभन्दा धेरै मानिने चार धर्ममध्ये एक हो ।

कैयन् देशमा हिन्दूको संख्या निकै न्यून रुपमा छ । तर, विश्वमा हिन्दू बाहुल्य जनसङ्ख्या हुने देश नेपाल, भारत र मौरिसस हुन् ।

पूर्वी अफ्रिकामा पर्ने मौरिसस क्षेत्रफलका हिसाबले सानो देश हो । नेपालमा राष्ट्रिय जनसंख्याको ८१ प्रतिशत अथवा २ करोड ३० लाख हिन्दू जनसंख्या छ भने भारतमा राष्ट्रिय जनसंख्याको ८० प्रतिशत अथवा १ अर्ब ३ करोड जति हिन्दू धर्मावलम्बी छन् ।

साथै मौरिससमा राष्ट्रिय जनसंख्याको ५२ प्रतिशत अथवा करीब ६ लाख हिन्दू धर्मावलम्बीहरू छन् ।

अर्को छिमेकी देश बंगलादेशमा करीब १ करोड ४५ लाख जति हिन्दू छन् भने इन्डोनेसियामा करीब ४२ लाख हिन्दूहरू रहेका छन् ।

पाकिस्तानमा ३६ लाख, श्रीलंकामा २५ लाख, अमेरिकामा २२ लाख, अलेसियामा १९ लाख, म्यान्मारमा ९ लाख, बेलायतमा ८ लाख हिन्दूहरू छन् ।

 

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ६ : ०० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम