विहारमा गर्भनर, उप–मुख्यमन्त्रीसहित ९४ सदस्यका लागि मतदान | Khabarhub Khabarhub

विहारमा गर्भनर, उप–मुख्यमन्त्रीसहित ९४ सदस्यका लागि मतदान


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विहार– भारतको विहार राज्यका मंगलबार दोस्रो चरणको मतदान भइरहेको छ ।

कुल ९४ संसद सदस्यका लागि १७ जिल्लामा मतदान भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । मतदान स्थानीय समय अनुसार विहान ७ बजे शुरु भएको हो ।

कोरोनाभाइरसको महामारीका बीचमा पनि विहारमा निर्वाचन भइरहेको छ । पहिलो चरणको निर्वाचन यसअघि अक्टोबर २८ तारिखमा नै सम्पन्न भइसकेको छ । त्यस बेला ७१ सांसद सदस्यका लागि प्रतिस्पर्धा भएको थियो ।

दोस्रो चरणको निर्वाचनका लागि दुई करोड ८६ लाख मतदाता रहेको निर्वाचन आयोगले जानकारी दिएका छन् । तीन चरणका निर्वाचनमध्ये सवैभन्दा धेरै मतदाता दोस्रो चरणका लागि रहेको आयोगले जनाएको छ ।

दोस्रो चरणमा मतदान हुने निर्वाचनमा एक हजार ४६४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । तीमध्ये भारतीय जनता पार्टी (विजेपी) बाट ४६ जना, जनता दल युनाइटेडबाट ४३ जना, राष्ट्रिय जनता दल (आरजेडी) बाट ५६ जना र काँग्रेसबाट २४ जना उम्मेदबार रहेका छन् ।

अन्य पार्टीहरुबाट र स्वतन्त्र रुपमा पनि अरु धेरै उम्मेदवारहरु चुनावी मैदानमा रहेको आयोगका अधिकारीहरुले जानकारी दिएका छन् ।

निर्वाचनमा सहभागी उम्मेदवारमध्ये पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवको छोरा तेजस्वी यादव र तेज प्रतापको उम्मेदवारी बढी चर्चामा छन् ।

तेजस्वीलाई महागठबन्धनको तर्फबाट मुख्यमन्त्रीको उम्मेदवारका रुपमा पनि हेरिएकाले बढी चर्चा भएको हो । उनी रंङ्गपुरबाट उम्मेदवार छन् ।

दोस्रो चरणको मतदानमा विहारका गर्भनर फागु चौहानले पटनाअन्तर्गत पर्ने डिघामा रहेको सरकारी विद्यालयमा स्थापना गरिएको मतदान केन्द्रमा गएर मतदान गरेका छन् ।

त्यसैगरी उप–मुख्यमन्त्री सुशिल कुमार मोदीले राजेन्द्र नगरमा रहेको जोसेफ उच्च माध्यामिक विद्यालयमा स्थापना गरिएको मतदान केन्द्र नं. ४९ मा मतदान गरेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  २ : ५५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम