राजनीतिक नियुक्तिले असन्तुष्टि चुलिएपछि नेकपा सचिवालय बैठक आज | Khabarhub Khabarhub

राजनीतिक नियुक्तिले असन्तुष्टि चुलिएपछि नेकपा सचिवालय बैठक आज


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।

अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको बैठकमा मन्त्री हेरफेर तथा पछिल्लो मन्त्रिपरिषदले गरेको केही नियुक्तिका विषयमा छलफल हुनेछ ।

पार्टीभित्र छलफल गरेर मात्रै महत्वपूर्ण राजनीतिक नियुक्ति गर्ने भनिए पनि प्रधानमन्त्री ओलीले एकलौटी ढंगले राजदूतसहितका केही महत्वपूर्ण निर्णय गरेको भन्दै आलोचना सुरू भएको छ । ओलीइतरका नेताहरूले बैठकमा त्यसबारे प्रश्न उठाउने छन् ।

यद्यपि प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद्को पछिल्लो नियुक्तिअघि पटक-पटक छलफल भए पनि त्यसबारे समझदारी थियो वा थिएन भन्ने बाहिरिएको छैन ।

प्रचण्डले अहिलेसम्म आफ्नो धारणा सार्वजनिक नगरे पनि उनी निकट नेताहरूले असन्तुष्टि जनाइसकेको विषय बाहिरिएका छन् ।

बिहीबारको मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्री डा.युवराज खतिवडालाई अमेरिकाको राजदूत, मुख्यसचिवमा शंकरदास बैरागी र निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतको राजदूत बनाउने निर्णय गरेको थियो ।

उक्त निर्णयपछि नेकपाभित्र गत भदौ अन्तिम साताबाट मत्थर भएको विवाद फेरि बल्झिने आकलन हुन थालेको छ ।

भदौ २६ गते बसेको स्थायी कमिटी को बैठकले सरकारले महत्वपूर्ण निर्णय गर्नुपूर्व सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमतिको आधारमा गर्नुपर्ने निर्णय गरेको थियो।

यस्तै आजको बैठकमा मन्त्री हेरफेरबारे अध्यक्षद्वयबीच अहिलेसम्म भएको छलफल र समझदारीबारे पनि छलफल हुने स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ७ : ११ बजे

सुदूरपश्चिममा आयातित औलोका बिरामी बढी

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा स्थानीयको तुलनामा आयातित औलोका बिरामीको सङ्ख्या निकै

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री 

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने

अष्ट्रेलियाको तटमा मृत फेला परे २९ पाइलट ह्वेल

काठमाडौं– अष्ट्रेलियाको तटमा २९ पाइलट ह्वेलको मृत्यु भएको छ ।

क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक

२८ सहसचिव सरुवा, ललितपुर र भरतपुरका प्रशासकीय अधिकृत फेरिए

काठमाडौं – एकैसाथ २८ जना सहसचिव सरुवा भएका छन् ।