नेकपा सचिवालय बैठक ३ बजेलाई सर्‍यो, आजको मुख्य विषय राष्ट्रियसभामा मनोनयन | Khabarhub Khabarhub

नेकपा सचिवालय बैठक ३ बजेलाई सर्‍यो, आजको मुख्य विषय राष्ट्रियसभामा मनोनयन


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक ३ बजेलाई सारिएको छ ।

आज बिहान ११ बजे बस्ने तय भएको बैठक ३ बजेलाई सारिएको पार्टी प्रचार विभाग उपप्रमुख सूर्य थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

केही महिनादेखि चलिरहेको पार्टी आन्तरिक विवाद समाधानका लागि महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न एक साताअघि नै हुने भनिएको बैठक आज हुन लागेको हो ।

बैठकमा कार्यदलको सुझाब प्रतिवेदनमा छलफल हुने निर्धारित एजेण्डा रहे पनि राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित हुने रिक्त एक स्थानमा उपाध्यक्ष वामदेव गौतम र अर्थमन्त्री डा. युवराज खतिवडामध्ये कसलाई पठाउने भन्ने विषय टुंग्याउने तयारी रहेको स्रोतको भनाइ छ ।

पार्टीका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई नै राष्ट्रियसभामा मनोनित गरेर अर्थमन्त्रीमा निरन्तरता दिने चाहना राखेको कुरा बाहिर आएपछि उपाध्यक्ष गौतमले यसअघि पार्टीले गरेको निर्णयअनुसार आफू मनोनित हुनुपर्ने दाबी गरेका छन् । गौतमको दाबीले प्रधानमन्त्री ओली दबाबमा परेका छन् ।

ओलीले गौतमलाई मनाउन बुधबार राति नै बालुवाटारमा गोप्य भेटवार्तासमेत गरेका छन् । उक्त भेटमा उनले गौतमलाई प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधि सभामा ल्याउने आश्वासन दिए पनि उनी त्यसमा सहमत नभएको स्रोतले जनाएको छ ।

त्यसअघि बुधबार नै ओली र द्वितीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पनि भेटवार्ता भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै २ घण्टा भएको भेटमा सचिवालय बैठकका एजेण्डासहित गौतमलाई के गर्ने भन्नेमा छलफल भएको थियो । प्रचण्ड पार्टीको निर्णय अनुसार गौतमलाई राष्ट्रियसभामा लैजानै पर्ने अडानमा छन् ।

गैरसांसदका रूपमा मन्त्री नियुक्त अर्थ र सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. खतिवडाको ६ महिने अवधि यही भदौ २० गते पूरा हुँदैछ । उनी मन्त्री पदमा कायम रहन संघीय संसदको सदस्य हुनै पर्छ । राष्ट्रिय सभामा मनोनित हुने एक स्थान रिक्त छ ।

हालै एक टेलिभिजन अन्तर्वार्तामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने पार्टी सचिवालय निर्णय निष्क्रिय भइसकेको बताएपछि नेकपामा विवाद बढेको छ ।

प्रधानमन्त्रीले गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने सचिवालय बैठकको निर्णय कार्यान्वयन नगरी एक स्थान रिक्त राखेका छन् । कार्यान्वयन गर्नु पर्ने समयमा उनले अर्थमन्त्री डा. खतिवडालाई गैरसांसदका रूपमा मन्त्री पदमा शपथ गराएका थिए ।

प्रधानमन्त्री निक एक उच्च स्रोतका अनुसार अर्थमन्त्रीका रूपमा डा. खतिवडाले निरन्तरता पाउने गरी निर्णय हुनेछ । सचिवालयमा भने गौतमका पक्षमा मत बलियो देखिएको छ ।

 

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  १० : ०८ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम