नेकपा विवाद : भोलिको वार्ता सकारात्मक हुने प्रधानमन्त्री ओलीको संकेत | Khabarhub Khabarhub

नेकपा विवाद : भोलिको वार्ता सकारात्मक हुने प्रधानमन्त्री ओलीको संकेत


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मंगलबार हुने वार्ता सकारात्मक हुने संकेत गरेका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेवाङसहित प्रचण्डसँगको कुराकानी टुंगिएलगत्तै निजी निवास बालकोट निरीक्षणमा पुगेका ओलीले आजको छलफल तिक्ततामा टुंगिएको संकेत गरे पनि भोलि (मंगलबार)को वार्ता सकारात्मक हुने अपेक्षा राखेका छन् ।

बालकोट निवासमा बस्दै आएका पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा, पूर्वउद्योगमन्त्री तथा भक्तपुरका सांसद महेश बस्नेत, जिल्लास्थित प्रशासन प्रमुख र सुरक्षा अंगका प्रमुखहरूसँग केहीबेर कुराकानीसमेत गरेका थिए ।

पूर्वमन्त्री बाँस्कोटाले अर्का अध्यक्ष प्रचण्डसँगको छलफलबारे जिज्ञाशा राखेलगत्तै ओलीले केहीबेर ठट्यौली पारामा जवाफ दिएका थिए ।

‘जेरी खाएर टुंग्याउने भनेर छलफलमा बसेको त हो, जेरी चाहिँ खाइयो, तर गुलियो मुखमा अलि तितो कुरा होलाजस्तो भएपछि गुलियो मुखमा तीतो कुरा नगरौँ भनेर आजलाई छोट्यायौँ, तर भोलि फेरि बस्ने कुरा छ ।’ ओलीको भनेका थिए ।

यस्तो जवाफपछि बाँस्कोटाले तितेकरेला खाएर बसेपछिचाहिँ कुरा मिल्छ कि भन्दै ठट्टा गरेका थिए ।

ठट्याैली पारामै ओलीले जवाफ फर्काए, ‘अँ, भोलिचाहिँ तितेकरेला खानुपर्ला, मुख पनि मिठो हुन्छ, कुरा पनि मिल्ला कि, भोलि (मंगलबार) चाहिँ तितेकरेला बनाऊ है बुझेऊ (श्रीमती राधिकातिर इशारा गर्दै) ।’

श्रीमती राधिका शाक्यसहित प्रधानमन्त्री ओली बालकोट पुगेका  थिए । उनले निजी निवासमा आफ्नै नाममा निर्माणाधीन संग्रहालयस्वरूपको पुस्तकालयको निरीक्षण गरेका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ८ : ४० बजे

रूपान्तरणका लागि ‘डिजिटल डिपार्चर’ को विकल्प छैन : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको अग्रगामी

बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो जन्मदिन

आठ महिनामा सम्पत्ति शुद्धीकरणका ३८ सय ६९ उजुरी

काठमाडौं – चालू आर्थिक वर्षका आठ महिनामा सम्पत्ति शुद्धीकरण (कालोधन

अमेरिकी व्यवसायीले अर्थमन्त्रीसँग भने – हाम्रा धेरै लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक छन्

काठमाडौं– अमेरिकन व्यवसायीहरूको नेतृत्वदायी संस्था यूएस चेम्बर अफ कमर्सका वरिष्ठ

‘धेरै अमेरिकी कम्पनीले ठूलो लगानी नेपालमा ल्याउन चाहेका छन्’

काठमाडौं- अमेरिकन व्यवसायीहरुको नेतृत्वदायी संस्था यूएस चेम्बर अफ कमर्सका वरिष्ठ