सिन्धुपाल्चोक पहिरो :  ८ जनाकै शव फेला, घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइयो | Khabarhub Khabarhub

सिन्धुपाल्चोक पहिरो :  ८ जनाकै शव फेला, घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइयो


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सिन्धुपाल्चोकको मेलम्ची–११ मा गएराति पहिरोमा बेपत्ता भएका ८ जनाकै शव फेला परेको छ ।

प्रदेश सरकारद्वारा निर्माणाधीन कभर्ड हलको निर्माणमा खटिएका वीरगञ्जका प्रदिप चौरासिया, विक्रम थिङ, मानबहादुर रूम्बा, राजेन्द्र चौरासिया, सोनाम लामा, शिव बालक, सिमन घलान र भारतीय नागरिक राजेन्द्र चौधरी पहिरोमा पुरिएर वेपत्ता भएका थिए ।

उनीहरू सबैको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । पहिरोमा पुरिएर जीवितै उद्धार गरिएका भारतीय नागरिक बारू साहको  मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि एयर डाइनेस्टीको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  १२ : २३ बजे

जीब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा