शे–फोक्सुण्डो निकुञ्जमा १७ थान भरुवा बन्दुक बरामद | Khabarhub Khabarhub

शे–फोक्सुण्डो निकुञ्जमा १७ थान भरुवा बन्दुक बरामद


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा- डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सेना र कर्मचारीसहितको गस्ती टोलीले १७ थान भरुवा बन्दुक र एक थान नाल बरामद गरेको छ ।

निकुञ्ज क्षेत्रभित्र हुने संरक्षित एवं दुर्लभ वन्यजन्तुको चोरी शिकारी रोक्न अप्रेशन नै चलाएर हातहतियार खोजी गर्न शुरु गरेपछि १७ थान भरुवा बन्दुक, एक थान नाल बरामद गरेको हो ।

त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने करेलीकाँडा छल र ठूलीभेरी नगरपालिकामा साँङ्टालगायतका ठाउँबाट बन्दुक र नाल बरामद गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए ।

सेना र कर्मचारीसहितको गस्ती टोलीले यसअघि पनि २० थान भरुवा बन्दुक, एक नाल, तीन थान घोरलका छाला बरामद गरिसकेको छ ।

सबै गरेर ३७ थान भरुवा बन्दुक, तीन थान घोरलका छाला र दुई नाल बरामद भइसकेको र खोजीकार्य जारी रहेको संरक्षण अधिकृत पौडेलले बताए । बरामद गरिएका भरुवा बन्दुक र छाला निकुञ्ज कार्यालय सुलिगार्डमा राखिएको छ । निकुञ्जले हातहतियार बुझाउन सूचना जारी गर्दै आएपछि स्थानीयले पक्राउ पर्ने त्रासले घरदेखि टाढा लगेर बेवारिसरूपमा फालेको अवस्थामा भेटिएको निकुञ्जले जनाएको छ ।

बेवारिसे फेला परेका भरुवा बन्दुकका कसका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको निकुञ्जले जानकारी दिएको छ ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण सर्वसाधारणलाई आफूसँग भएका हातहतियार बुझाउन ३५ दिने सूचनासमेत जारी गरिएको छ ।

निकुञ्जमा पाइने बहुमूल्य जडीबुटी, दुर्लभ वन्यजन्तु र सम्पूर्ण वन पैदावारको चोरी तस्करी रोक्न निकुञ्ज सुरक्षार्थ बसेको ईश्वरी बक्स गुल्मको सेना रातदिन खटिरहेको गुल्मपति लेखनाथ कटवालले जानकारी दिए ।

यस निकुञ्जमा दुर्लभ वन्यजन्तु हिउँ चितुवासमेत पाइने गर्दछ ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ९ : २९ बजे

एलन मस्क बेइजिङमा

काठमाडौं– अर्बपति व्यापारी एलन मस्क अहिले चीनको राजधानी बेइजिङमा छन्

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं– सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र

इलाममा अघि लागे एमालेका सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २,

चलचित्र ‘बलिदान’ मा कलाकार बन्ने अवसर !

काठमाडौं– चलचित्र ‘बलिदान’ मा कलाकार बन्ने अवसर खुलेको छ । निर्माण

हत्या आरोपका प्रतिवादी ९ वर्षपछि पक्राउ

काठमाडौं– प्रहरीले कर्तव्य ज्यानसम्बन्धी घटनामा ९ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ