लकडाउनका समयमा ‘नो कोरोना’ भन्दै पोखरामा पूर्व युवराज पारसको मस्ती ! « Khabarhub

लकडाउनका समयमा ‘नो कोरोना’ भन्दै पोखरामा पूर्व युवराज पारसको मस्ती !


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देश ४१ दिन देखि लकडाउनमा छ । सरकारले चैत्र ११ गतेदेखि लकडाउन गर्ने निर्णय गरेको थियो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सरकारले लकडाउन गरेको हो । मानिसहरु घर भित्रै बसेका छन् । अत्यावश्यक कामबाहेक बाहिर निस्कन सरकारले बन्देज लगाएको छ ।

सीमा नाका, हवाइ उड्डयन, यातायात, उद्योग कलकारखाना, विद्यालय, बजार, होटल, रेष्टुरेन्ट लगायतका सम्पूर्ण सेवा बन्द रहेका छन् ।
मानिसहरु घर भित्रै परिवारसँग समय विताइरहेका छन् ।

परिवार टाँढा रहेकाहरुले आआफ्नो ढंगमा लकडाउनका दिनहरु काटिरहेका छन् र एक अर्काको स्वास्थ्य लाभका कामना गर्दै संक्रमणबाट सुरक्षित रहेका छन् ।

लकडाउनका कारण तनाव भएको भन्दै कतिपयले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरिरहेका छन् भने कतिपयले लकडाउनको समयमा मोजमज्जा गर्दै समय काटिरहेका छन् ।

पोखरामा पारसको मस्ती

लकडाउनको समयमा पूर्व युवराज पारश शाह भने विन्दास मुडमा भेटिएका छन् ।

पर्यटकको चहलपहल रहने पोखरा यतिबेला लकडाउनका कारण सुनसान बनेको छ । अधिकांश पर्यटक पोखराबाट बाहिरिएका छन् । होटलहरु बन्द अबस्थामा छन् । तर पारश शाह भने पोखराको लेकसाइडमा मस्ती गरिहेका छन् ।

होटलमा मध्यरातमा पार्टी गरेका भिडियोहरु पारस आफै फेसबुकमार्फत अपडेट गरिरहेका छन् ।

विगत २४ घन्टामा पूर्व युवराज पारस शाह फेसबुकमा १२ पटक लाइभ आएका छन् ।

शुक्रवार राति पोखराको लेकसाइडमा जोस्टेलमा पार्टी भन्दै साहले भिडियो अपलोड गरेका छन् । जहाँ १५ बीस जना युवायुवती खानपानमा मस्त देखिन्छन् । विदेशी संगित र मदिरका तालमा उनीहरु मस्त छन् । पारसको आवाज सुनिन्छ, नो कोरोना……

त्यसपछि पारसले स्टाटस अपडेट गरेका छन् । जहाँ उनले देश भर पूरै लकडाउन नगरेर चेकपोइन्टहरु बन्द गर्नु पर्न सरकारलाई सुझाव दिन्छन् र देशलाई लकडाउनमा राख्न पैसाको खेलोमेलो भएको आरोप पनि लगाउँछन् ।

पारस विहानपख फेसबुक लाइभमा देखा पर्छन् । उनले घरको छलबाट बाहिरको दृश्य देखाउँछन् ।

दारी पालेका, कपाल बाँधेका र घाँटीका रुद्राक्ष लगाएका पारसले संगितको तालमा योगा गर्छन् । चुरोटको धुवा क्यामरामा पर्ने गरी उडाउँछन् । लाइभमा बाहिर हिँडेका मानिसहरुलाई देखाउँछन् । र खै लाकडाउन भन्दै प्रश्न पनि गर्छन् ।

केही लाइभमा चर्को विदेशी संगीतको तालमा उनी हल्लिछन् । म्युजिक सिस्टममा ठूलो स्वरमा गीत बजाइएको स्थानमा अन्य युवायुवती पनि रहेका हुन् । एक लाइभमा युवती पनि धेरै बेर पारसेले देखाउँछन् । उनी सोनिका रोकाय हुन् वा हाइनन् भन्ने एकीन गर्न भने सकिँदैन ।

ब्रेकअपको स्टाटस

मस्ती गरेका लाइभ भिडियोहरु भन्दा अगाडि पूर्व युवराज पारस साहले एउटा स्टाटस लेखेका छन् ।

जहाँ धेरै मानिसले प्रतिक्रिया पनि जनाएका छन् ।

ब्रेक अप फाइनल्ली, फ्रि एट लास्ट लेखेर उनले स्टाटस लेखेपनि कोसँग भन्ने खुलाएका छैनन् ।

उनको र पत्नी हिमानी साहबीच सम्बन्ध राम्रो नभएका समाचारहरु बाहिरिएका छन् ।

पछिल्लो समय सोनिकासँगको सम्बन्धमा रहेका पारसले उनैसँगको सम्बन्ध विच्छेद गरेका हुन् त? भन्ने प्रश्न पनि सामाजिक सञ्जालमा उठेका छन् ।

त्यसअघि उनले फाइनल्ली व्याक फर्गट द्याट आइ चेन्जड् पासवर्ड भन्ने स्टाटस लेखेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ७ : २५ बजे

२ सय बढी कम्पनीको घट्यो सेयर मूल्य

काठमाडौं– साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको सेयर

समुद्रले निल्दै नाइजेरियाली बस्ती

आयटोरो (नाइजेरिया)- दक्षिणी नाइजेरियाको आयटोरोमा समुद्रको सतह बढ्दै गएपछि तटीय

आगामी वर्षदेखि विद्युत वितरण प्रणालीको आधुनिकीकरणलाई प्राथमिकता दिन्छौँ : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आगामी वर्षदेखि विद्युत वितरण

साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार घोषणा हुँदै

काठमाडौं- करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज

संवादबाटै शैक्षिक समस्याको दिगो समाधान खोज्दैछौँ : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवाद र सरोकारवालाको सुझावका