नयाँ व्यक्तिको नभइ पुरानै संक्रमितको कोरोना रिपोर्ट पोजेटिभ आएको हो– गण्डकी प्रदेश सरकार « Khabarhub

नयाँ व्यक्तिको नभइ पुरानै संक्रमितको कोरोना रिपोर्ट पोजेटिभ आएको हो– गण्डकी प्रदेश सरकार


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले नयाँ व्यक्तिमा कोरोना संक्रमण देखिएको नभइ पुरानै संक्रमितको दोस्रो पटक कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको बताएको छ ।

यसअघि प्रदेश स्वास्थ्य निर्देशनालयकै एक उच्च अधिकारीले पोखरामा १ जनामा कोरोना संक्रमण देखिएको सूचना दिएका थिए ।

तर, निर्देशनालयका आपतकालीन कार्यसञ्चालन केन्द्रका सम्पर्क व्यक्ति नवराज शर्माले भने पुरानै व्यक्तिको नमूना परीक्षण गर्ने क्रममा कोरोना भाइरसको पोजेटिभ रिपोर्ट आएको बताए ।

‘यहाँ केही मिस कम्युनिकेशन भएजस्तो भयो । यो नयाँ केस हैन, पुरानै संक्रमितको दोस्रो परीक्षणका क्रममा पोजेटिभ रिपोर्ट आएको हो,’ शर्माले खबरहबसँग भने, ‘तर, यो पोजेटिभ भनेको १९ वर्षीया बाग्लुङकी युवतीको हो । जो गत चैत ४ गते कतारको दोहाबाट नेपाल आएकी थिइन् ।’

यसअघि स्वास्थ्य सेवा निर्देशनालयले आफ्नो आधिकारिक वेवसाइटमा समेत नेपालमा कोरोना संक्रमितको संख्या ७ जना पुगेको भनेर अपडेट देखाएको थियो । तर, पछि उक्त संख्या सच्याएर ६ राखिएको छ ।

गण्डकी प्रदेश सरकार मातहतको स्वास्थ्य निर्देशनालयको आधिकारिक वेबसाइटको अर्को स्क्रिन सर्ट । जसमा नेपालमा कोरोना संक्रमितको संख्या ७ उल्लेख गरिएको छ ।

खबरहबसँगको कुराकानीका क्रममा निर्देशनालयका एक अधिकारीले केन्द्र सरकारबाट प्राप्त पोर्टेबल पीसीआर मेसिनमा जाँचका क्रममा १ जना नयाँ व्यक्तिमा कोरोना संक्रमण देखिएको बताएका थिए ।

गण्डकी प्रदेश सरकार मातहतको स्वास्थ्य निर्देशनालयको आधिकारिक वेबसाइटको अर्को स्क्रिन सर्ट । जसमा यसअघि उल्लेख गरिएको नेपालमा कोरोना संक्रमितको संख्या ७ को ठाउँमा सच्याएर ६ राखिएको छ ।

ती व्यक्ति केही दिन पहिले भारतबाट आएका समेत ती अधिकारीको भनाइ थियो ।


*सच्याइएको– यसअघि गण्डकी प्रदेश सरकार मातहतकै स्वास्थ्य निर्देशनालयका अधिकारीको सूचना र आधिकारिक वेवसाइटमा उल्लेख गरिएको विवरणका आधारमा  प्रकाशन गरिएको नेपालमा कोरोना संक्रमितको संख्या ७ पुगेको भन्ने समाचार सच्याइएको छ । आधिकारिक सरकारी निकायबाट भएको गलत सूचना प्रवाहको कारण आम पाठकमा पर्न गएको भ्रम र त्यसले पारेको असरप्रति हामी क्षमाप्रार्थी छौं– सम्पादक

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ३ : ४८ बजे

एमाले सांसदको गुनासो : रास्वपाका सांसदले हेपे, सभामुखले पनि विभेद गरे

काठमाडौं- नेकपा एमालेकी सांसद एशुदाकुमारी बरालले सत्तारुढ दलका सांसदहरूले पुराना

एमाले सांसद्को आरोप- सुकुम्वासीलाई बलपूर्वक हटाएर सरकारले गम्भीर र त्रुटिपूर्ण निर्णय गर्‍यो

काठमाडौं– नेकपा (एमाले) का सांसद गुरु बरालले भरपर्दो बसोबासको व्यवस्था

तस्बिरमा हेर्नुहोस्, आजको प्रतिनिधिसभा बैठक

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक जारी छ । बैठकमा अहिले आकस्मिक

दुई महिनापछि होर्मुजबाट चीनका दुई सुपरट्यांकर बाहिरिए, अमेरिकालाई इरानको अर्को चेतावनी

तेहरान- इरान युद्धको तनावका कारण दुई महिनादेखि फारसको खाडीमा फसेका

काभ्रेको नमोबुद्धमा बर्ड फ्लुको संक्रमण पुष्टि

काठमाडौं– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा बर्ड फ्लुको संक्रमण पुष्टि भएको छ