बाबुराम भट्टराईको कुकुर पेद्रो– बाबा रामदेवलाई पनि योगाशन सिकाउँछ कि क्यो हो ! | Khabarhub Khabarhub

बाबुराम भट्टराईको कुकुर पेद्रो– बाबा रामदेवलाई पनि योगाशन सिकाउँछ कि क्यो हो !


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्रीहरु मध्ये डा. बाबुराम भट्टराई सामाजिक सञ्जालमा सबैभन्दा बढी सक्रिय हुने नेतामा पर्छन् ।

राजनीतिकदेखि व्यक्तिगत जीवनमा सामान्यदेखि महत्वपूर्ण घटनाहरु सामाजिक सञ्जालमा सार्वजनिक गर्नेमा डा. भट्टराई अग्र स्थानमै आउँछन् ।

विभिन्न नेताहरुसँग भएका औपचारिक/अनौपचारिक भेटदेखि भोज–भतेर जाँदाका फोटोहरु पनि डा. भट्टराईले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने गर्छन् ।

डा. भट्टराईले मंगलबार भने आफ्नो नभइ आफ्नो कुकुरको फोटो फेसबूकमा सार्वजनिक गरेका छन् ।

डा. भट्टराईले सार्वजनिक गरेका तस्वीरहरुमा कुकुरका विभिन्न क्रियाकलाप (भट्टराईकै शब्दमा योगाशनहरु) देख्न सकिन्छ ।

आफ्नो ४ महिने कुकुर ‘पेद्रो’ तस्वीरहरु सार्वजनिक गर्दै भट्टराईले फेसबूकमा लेखेका छन्– ‘चार महिने चुलबुले हाम्रो पेद्रोका विभिन्न योगाशनहरु ! बाबा रामेदेवलाई पनि कुकुराशन/पेद्राशन इत्यादि सिकाउँछ कि क्या हो !


प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ५ : ४२ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ