प्रधानमन्त्री ओलीको 'प्रि ट्रान्सप्लान्ट' डायलाइसिस गराइयो, राति १० बजेपछि खाली पेट बस्ने | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीको ‘प्रि ट्रान्सप्लान्ट’ डायलाइसिस गराइयो, राति १० बजेपछि खाली पेट बस्ने


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल ( टिचिङ) भर्ना भएका प्रधानमन्त्री ओलीको डायलाइसिस गरिएको छ ।

टिचिङ अस्पतालका निर्देशक डाक्टर प्रेम कृष्ण खड्गाका अनुसार आज बिहान साढे ९ बजे प्रधानमन्त्री ओलीको डायलाइसिस गराइएको हो ।

‘प्रधानमन्त्री ओली ज्यूको आज बिहानै डायलाइसिस गराइएको हो,’ डा खड्गाले खबरहबसँग भने, ‘बिहान साढे ९ बजे नै डायलाइसिस शुरु गरिएको हो । अहिले डायलाइसिस गरेर सकियो ।’

मिर्गौला प्रत्यारोपण गर्नुभन्दा अगाडी रगतमा हुने टक्सिनहरु निकाल्न ‘प्रि ट्रान्सप्लान्ट’ डायलाइसिस गरिएको हो ।

अस्पतालका निर्देशक डा खड्गाका अनुसार प्रधानमन्त्री ओलीको अहिले प्रत्यारोपण अगाडी गरिने विभिन्न स्वास्थ्य परीक्षणहरु भइरहेको छ ।

प्रधानमन्त्री ओलीको भोलि ( बुधबार) मिर्गौला प्रत्यारोपण गर्नका लागि टिचिङको नेफ्रोलोजी विभागमा हिजो (सोमबार) नै भर्ना गरिएको थियो ।

तर, प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण कुन समयदेखि शुरु गर्ने भनेर अझै टुंगिन बाँकी रहेको डा खड्गाले बताए । भोलि कुन समयमा मिर्गौला प्रत्यारोपण गर्ने भनेर चिकित्सकहरुबीच छलफल गर्ने र समय बेलुकासँग निर्क्रयौल गर्ने डा खड्गाले बताए ।

‘कतिबेलादेखि प्रत्यारोपणका लागि अप्रेसन शुरु गर्ने भनेर अहिले निश्चित भएको छैन । त्यसका लागि आज ४ बजे अस्पतालका सर्जन लगायत प्रधानमन्त्रीको उपचारमा खटिने सबै चिकित्सकको छलफल राखेका छौं,’ डा खड्गाले भने, ‘त्यहि छलफलपछि नै कुन समयदेखि शल्यक्रिया शुरु गर्ने भन्ने टुंगो लाग्छ ।’

भोलीको शल्यक्रियाको तयारीका लागि प्रधानमन्त्री ओली आज राति १० बजेदेखि केही पनि नखाइ बस्ने खड्गाले बताए ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण अघि र पछि के गरिदैँछ ?

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  १ : २४ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले