प्रधानमन्त्री ओलीको ‘प्रि ट्रान्सप्लान्ट’ डायलाइसिस गराइयो, राति १० बजेपछि खाली पेट बस्ने « Khabarhub

प्रधानमन्त्री ओलीको ‘प्रि ट्रान्सप्लान्ट’ डायलाइसिस गराइयो, राति १० बजेपछि खाली पेट बस्ने


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल ( टिचिङ) भर्ना भएका प्रधानमन्त्री ओलीको डायलाइसिस गरिएको छ ।

टिचिङ अस्पतालका निर्देशक डाक्टर प्रेम कृष्ण खड्गाका अनुसार आज बिहान साढे ९ बजे प्रधानमन्त्री ओलीको डायलाइसिस गराइएको हो ।

‘प्रधानमन्त्री ओली ज्यूको आज बिहानै डायलाइसिस गराइएको हो,’ डा खड्गाले खबरहबसँग भने, ‘बिहान साढे ९ बजे नै डायलाइसिस शुरु गरिएको हो । अहिले डायलाइसिस गरेर सकियो ।’

मिर्गौला प्रत्यारोपण गर्नुभन्दा अगाडी रगतमा हुने टक्सिनहरु निकाल्न ‘प्रि ट्रान्सप्लान्ट’ डायलाइसिस गरिएको हो ।

अस्पतालका निर्देशक डा खड्गाका अनुसार प्रधानमन्त्री ओलीको अहिले प्रत्यारोपण अगाडी गरिने विभिन्न स्वास्थ्य परीक्षणहरु भइरहेको छ ।

प्रधानमन्त्री ओलीको भोलि ( बुधबार) मिर्गौला प्रत्यारोपण गर्नका लागि टिचिङको नेफ्रोलोजी विभागमा हिजो (सोमबार) नै भर्ना गरिएको थियो ।

तर, प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण कुन समयदेखि शुरु गर्ने भनेर अझै टुंगिन बाँकी रहेको डा खड्गाले बताए । भोलि कुन समयमा मिर्गौला प्रत्यारोपण गर्ने भनेर चिकित्सकहरुबीच छलफल गर्ने र समय बेलुकासँग निर्क्रयौल गर्ने डा खड्गाले बताए ।

‘कतिबेलादेखि प्रत्यारोपणका लागि अप्रेसन शुरु गर्ने भनेर अहिले निश्चित भएको छैन । त्यसका लागि आज ४ बजे अस्पतालका सर्जन लगायत प्रधानमन्त्रीको उपचारमा खटिने सबै चिकित्सकको छलफल राखेका छौं,’ डा खड्गाले भने, ‘त्यहि छलफलपछि नै कुन समयदेखि शल्यक्रिया शुरु गर्ने भन्ने टुंगो लाग्छ ।’

भोलीको शल्यक्रियाको तयारीका लागि प्रधानमन्त्री ओली आज राति १० बजेदेखि केही पनि नखाइ बस्ने खड्गाले बताए ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण अघि र पछि के गरिदैँछ ?

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  १ : २४ बजे

राजेन्द्र बजगाईंले त्यागे कांग्रेस 

काठमाडौं– पूर्वसांसद समेत रहेका राजेन्द्र बजगाईं (राज) ले नेपाली कांग्रेस

बालबालिकासम्बन्धी ऐन संशोधन गर्दा कार्यान्वयनमुखी बनाउनुपर्ने सुझाव

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिकासम्बन्धी ऐन, २०७५

सुक्खा तरकारीका लागि पनि आयातकै भर

काठमाडौं– नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने

छानो बिग्रिएपछि मर्मत गरिँदै भैरवको रथ : नौ दिनसम्म बिस्केट जात्रा मनाइने

भक्तपुर– विश्वनाथ भैरवको रथको अगाडि रहेको बेताल देवताको केही भाग

रग्बी सेभेन्स-२०२६ : पुरुषमा एपीएफ, महिलामा आर्मी च्याम्पियन

काठमाडौं– राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ मा पुरुषतर्फ