आईसीसको टी–२० वरियतामा ३ स्थान तल झर्यो नेपाली टोली | Khabarhub Khabarhub

आईसीसको टी–२० वरियतामा ३ स्थान तल झर्यो नेपाली टोली


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को टी–२० विश्व वरियतामा नेपाल ओरालो लागेको छ ।

मंगलबार आईसीसीले सार्वजनिक गरेको विश्व वरियतामा नेपाल ३ अंक तल झर्दै १५ औं स्थानमा पुगेको छ ।

यसअघि नेपाल १२ औं स्थानमा थियो । नेपाल १५ औं स्थानमा झर्दा स्कटल्यान्ड, आयरल्यान्ड र युएई क्रमश: १२, १३ र १४ औं स्थानमा छन् ।

पछिल्लो समय तीन टी–२० प्रतियोगिता खेल्दा कुनै पनि प्रतियोगितामा राम्रो नतिजा हात पार्न सकेको छैन । अहिले नेपाली टोली थाइल्यान्डमा जारी एसीसी इस्टन रिजन टी–२० क्रिकेट कप खेलिरहेको छ । इस्टन रिजनमा शुरुवाती दुई खेल खेलेको नेपाल पराजित भएको छ ।

यसअघि स्कटल्यान्ड, आयरल्यान्ड र युएई नेपालभन्दा पछाडि थिए । शीर्ष ५ टोलीमा पाकिस्तान, अस्ट्रेलिया, इङ्ग्ल्यान्ड, भारत र दक्षिण अफ्रिका रहेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  १ : ०१ बजे

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान