मेस्सी सुस्ताउँदा पनि बार्सिलोना हावी | Khabarhub Khabarhub

मेस्सी सुस्ताउँदा पनि बार्सिलोना हावी


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले लेभान्तेलाई हराएको छ ।

स्टार लियोनल मेस्सीको सुस्तताकाबीच बार्सिलोना हावी भएको हो । अंशु फाती चम्किएको खेलमा बार्सिलोनाले लेभान्तेलाई २ -१  ले हराएको हो ।

आईतबार राति भएको खेलमा बार्सिलोनाले घरेलु मैदानमा लेभान्तेलाई २–१ ले पराजित गर्यो । बार्सिलोनाका जितमा युवा स्टार फातीले दुवै गोल गरे ।

खेलको ३० औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । लगत्तै अर्को मिनेटमा उनले ब्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

खेलको अन्तिम समयमा लेभान्तेका रुबेन रोचिनाले एक गोल फर्काए । जितसंगै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसंग अंक दुरी घटाएको छ ।

बार्सिलोना ४६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको रियलको ३ अंकको अग्रता छ ।

 

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ७ : ५७ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड