नेपाली कांग्रेसका सांसद शाहविरुद्ध पक्राउ पूर्जी जारी | Khabarhub Khabarhub

नेपाली कांग्रेसका सांसद शाहविरुद्ध पक्राउ पूर्जी जारी


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

कपिलबस्तु क्षेत्र नम्बर ३ बा प्रतिनिधिसभा सदस्य रहेका शाहविरुद्ध ज्यान मार्ने कसुर गरेको अभियोगमा अनुसन्धानका लागि पक्राउ पूर्जी जारी भएको हो ।

कांग्रेस सांसद शाहले कलाकार श्यामकुमार मिश्रमाथि ज्यानमार्ने उद्देश्यले कुटपिट गरेको आरोप लागेको छ ।

कलाकार मिश्रले शाहले आफूलाई घरमा बोलाएर नशालु पदार्थ सुँघाइ बेहोस बनाएर ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय कृष्णनगरमा उजुरी दिएका थिए ।

शाहविरुद्ध उजुरी जारी गरेपछि प्रहरीले शाहलाई पक्राउ गर्न जिल्ला अदालत कपिलवस्तुसँग अनुमति मागेको थियो ।

अदालतले पक्राउ पूर्जी जारी गर्ने आदेशसँगै शाहलाई पक्राउ गर्ने प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी सुनिल मल्लले जानकारी दिए ।

शाह निर्वाचित सांसद भएका कारण प्रहरीले उनलाई पक्राउ गर्नुको कारणबारे संघीय संसद सचिवालयलाई जानकारी गराउनुपर्ने हुन्छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले प्रहरी प्रधान कार्यालयमार्फत संघीय संसद सचिवालयमा शाहलाई पक्राउ गर्नुपर्ने कारणसहित जानकारी गराउन लागिएको जनाएको छ ।


मुखमा ‘पेस्तोल’ कोचेर मारिदिन्छु भन्दै सांसद अभिषेकले कुटे कलाकार

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  १२ : ०७ बजे

हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित

हुम्ला– हुम्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन