न्यून गुणस्तरको खाद्यान्न उत्पादन गर्ने २६ कम्पनीविरुद्ध मुद्दा | Khabarhub Khabarhub

न्यून गुणस्तरको खाद्यान्न उत्पादन गर्ने २६ कम्पनीविरुद्ध मुद्दा


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने दूषित एवं न्यून गुणस्तरको खाद्यान्न उत्पादन गरेको आरोपमा २६ खाद्य उद्योगमाथि मुद्दा दायर भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालू आर्थिक वर्षको चार महिनामा दूषित खाद्य उत्पादन गर्ने ति उद्योगलाई खाद्य ऐनअनुसार कारबाही गर्नका लागि मुद्दा दायर गरेको हो । मुद्दा दायर हुनेमा हुनेमा सवैभन्दा धेरै प्रशोधित पानी उद्योग, दाना र तेल, खाद्य उद्योग रहेको विभागले जनाएको छ । विभागका प्रवक्ता मोहनकृष्ण मर्हजनले दूषित उत्पादन गर्ने खाद्य उद्योगलाई खाद्य ऐनअनुसार मुद्दा दायर गरिएको जानकारी दिए ।

मुद्दा दायर गरिएका उद्योगहरूमा दूषित दाना उत्पादन गर्ने कान्तिपुर फिड इण्डट्रिज र न्यून गुणस्तरको भटमास र सूर्यमुखी तेल उत्पादन गर्ने बाराको गणपति बनस्पति प्रालि रहेका छन् । लेबल अपूर्ण भएको दही उत्पादन गर्ने हेटौंडा डेरी इष्डिष्ट्रिज र घरसंसार उद्योगलाई कारवाहीका लागि मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ । यस्तै न्यून गुणस्तरको तयारी चाउचाउ उत्पादन गर्ने पोखरा नुडल्स प्रालि, लेबल अपूर्ण भएको नौनी घिउ उत्पादन गर्ने महालक्ष्मी डेरी उद्योग र दूषित मिठाई उत्पादन गर्ने रिद्धिसिद्धि मिष्ठान भन्डारलाई मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ ।

यस्तै, न्यून गुणस्तरको सस उत्पादन गर्ने शिवशक्ति उद्योग, दूषित प्रशोधित पानी उत्पादन गर्ने शितल जल पानी उद्योग, यति वेभरेज प्रालि, गौरीशंकर जीएस मिनरल वाटर, कञ्चन मिनरल वाटर उद्योगलाई मुद्दा दायर गरिएको छ । यस्तै खाद्य ऐन उल्लंघन गरी काजु किसमिस उत्पादन गर्ने एमए सप्लायर्स, अक्का ट्रेडर्स, लेबलमा समस्या भएको वेष्टर्न वेकरी उद्योगलाई दायर गरिएको छ । दूषित दाना उत्पादन त्रिशक्ति फिड ईष्डिष्ट्रिजलाई र दूषित मिठाई उत्पादन गर्ने मा. दुर्गा एण्ड चाट पसलाई दायर गरेको विभागले जानकारी दिएको छ ।

उपभोग्य मिति सकिएको खाद्य रंग उत्पादन गर्ने राज स्वीट हाउस, म्याद सकिएको वियर उत्पादन गर्ने जन्ता होटेल पन्जुका नयाँ , न्युन गुणस्तरको मटर फ्राई उत्पादन गर्ने अन्नपूर्ण किराना पसल र लेबल नभएको पानी उत्पादन गर्ने प्रकृति जल उद्योग र न्यून गुणस्तरको सिन्के चाउचाउ उत्पादन गर्ने गुणपति सिन्के चाउचाउ उद्योगलाई मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ ।

पछिल्लो समय बजारमा दूध, पानी, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुमा बढी मिसावट हुने गरेको विभागको अध्ययनले देखाएको छ । स्वास्थ्यलाई प्रतिकुल असर पर्ने दूषित उत्पादन गर्ने उद्योगलाई विभागले खाद्य ऐन अनुसार कारबाही गर्ने गर्छ । बजारमा वितरण हुने दूध, पानी र खाद्यान्नको नमूना परीक्षण गर्दा स्वाथ्यलाई प्रतिकुल असर पर्ने गरी दूषित उत्पादन गरेको फेला परेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

चार महिना अवधिमा विभागले खाद्य ऐनविपरीत उत्पादन गर्ने ३४ वटा खाद्य उद्योगको उत्पादनमा रोक लगाएको छ । चार महिना अवधिमा बजार अनुगमन गरेर एक हजार १८९ नमूना संकलन गरेर विश्लेषण गर्दा ७० नमुना मापदण्डअनुरुप नपाइएको विभागले जानकारी दिएको छ । जसमा पिउने पानीको २१, दानाका १६, तेल तथा तेलजन्य नमुना १४, खाद्यान्न १० वटा र अन्य रहेका थिए ।

यसैबीच विभागले ९ सय ५५ वटाको आयात अनुमित पत्र जारी गरेको छ । सो अवधिमा १२ वटा विभिन्न नाकामा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूमा २५ हजार १ सय ५४ वटा नमुना संकलन गरी विश्लेषण गरी नियमन गरिएको छ । जसमा पापड, चामल, बदाम, मसला, मैदा, वेसन, लगायतका २६ वटा नमुना प्रतिकूल पाइएकाले आयातमा रोक लगाइएको विभागले जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  १० : ०१ बजे

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको दाबी

मस्को – रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको

चितवनमा चालुआवको हालसम्म ६ बाघ मृत भेटिए

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा – विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला

सन्दीप लामिछानेको मुद्दामा जोडेर चरित्र हत्या गर्न खोजियो : पारस खड्का

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफ्नो

इमान्दार बन्न कार्यकर्तालाई ओलीको आग्रह

कपिलवस्तु – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले