सर्वोच्चको परमादेश सच्याउन माग गर्दै सरकारको तर्फबाट पुनरावलोकन निवेदन | Khabarhub Khabarhub

सर्वोच्चको परमादेश सच्याउन माग गर्दै सरकारको तर्फबाट पुनरावलोकन निवेदन


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतले “कोरोना संक्रमितको निशुल्क उपचार गर्नू” भन्दै दिएको परमादेश सच्याउन माग गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुनरावलोकन निवेदन दर्ता गराएको छ।

महान्यायाधीवक्ताको कार्यालयमार्फत मन्त्रालयले सोमबार पुनरावलोकन निवेदन दर्ता गराएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए।

उनले राज्यको सामर्थ्यलाई हेरिनुपर्ने भन्दै यसअघिको आदेश सच्याउन निवेदनमार्फत भनिएको बताए।

गत असोज १५ गते जनतालाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नु अनिवार्य दायित्व भन्दै कोरोना संक्रमितको उपचार निशुल्क गर्न सरकारको नाममा सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलासले परामादेश जारी गरेको थियो।

संक्रामक रोगको उपचार गर्ने दायित्व सरकारको भएको जिकिर गर्दै अदालतमा अधिवक्ताद्वय लोकेन्द्र ओली र केशरजंग केसीले रिट दायर गरेका थिए।

तर, उक्त रिटको सुनुवाई गर्दै अदालतले जारी गरेको परमादेशलाई सरकारले सच्याउनुपर्ने मागसहित पुनरावलोकन निवेदन दर्ता गराएको हो।

सरकारले कात्तिक २ गतेदेखि कोरोना संक्रमितको उपचार निशुल्क नगर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ८ : ४० बजे

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा