ओली–प्रचण्ड वार्ता : निकास नभए पनि संवाद भएकोमा दुवै जना सन्तुष्ट | Khabarhub Khabarhub

ओली–प्रचण्ड वार्ता : निकास नभए पनि संवाद भएकोमा दुवै जना सन्तुष्ट


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही साउन १३ गते सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगन र सञ्चालनको विवादपछि बन्द भएको अध्यक्ष द्वयको संवाद आइतबार चालु भएको छ ।

पार्टी महासचिव विष्णु पौडेलको सक्रियतामा प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी भनिएका द्वितीय अध्यक्ष प्रचण्डबीच बालुवाटारमा झण्डै साढे तीन घण्टा छलफल भयो ।

आजको छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि सहभागी थिए । महासचिव पौडेलको सहजीकरणमा नेम्वाङ ओलीका पक्षबाट र खनाल प्रचण्डका पक्षबाट सहभागी भएका हुन् ।

बालुवाटार स्रोतका अनुसार निकासको कुरा छुट्टै, बन्द भएको संवाद चालु हुनु पनि सकारात्मक काम भएको छ । संवाद भएपछि समाधानको सम्भावना रहन्छ । दुवै अध्यक्षले स्थायी कमिटी बैठक स्थगन भएको र सञ्चालन भएको विषयमा खुलेर कुरा गरेका थिए ।

स्रोतका अनुसार आजको संवादले आपसमा रहेका शंका–उपशंका कम गर्न सहयोग गरेको छ । संवाद निरन्तर हुनेछ र समाधान खोजिनेछ । आजको बैठकको मुख्य उपलव्धि आपसका शंका कम हुनु र दुवै अध्यक्ष पार्टी एकतामा दृढताका साथ प्रस्तुत हुनु नै हो ।

दुवै अध्यक्ष आआफ्ना अडानमा भने कायमै रहे । ओलीले महाधिवेशन नै सबै विवाद समाधानको थलो हो भन्दै महाधिवेशन गराउनमा जोड दिए । प्रचण्डले यसअघि झैँ एक पदबाट राजीनामा गरेर निकास दिन ओलीलाई आग्रह गरे ।

ओलीले आजको छलफलमा सकेसम्म आफ्नो प्रस्तावअनुसार मंसिरमै महाधिवेशन गर्ने गरी अगाडि बढ्न र त्यसो हुन नसके गत माघमा केन्द्रीय कमिटीले गरेको निर्णयअनुसार आगामी चैतमा हुने महाधिवेशनसम्म पर्खिन आग्रह गरे । ओली महाधिवेशनबाटै निर्णय गर्नु पर्नेमा दृढ देखिएका छन् ।

प्रचण्ड अहिलेको विवादको समाधान महाधिवेशनअघि खोज्नु पर्ने पक्षमा देखिए ।

केन्द्रीय कमिटी बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । दुवै पदबाट राजीनामा गर्न दबाब दिएपछि ओलीले मंसिरमै अग्रीम महाधिवेशन गर्न प्रस्ताव गरेका थिए । अग्रीम महाधिवेशन हुन सक्नेमा आशंका प्रकट भएपछि प्रचण्ड पक्ष पछि हटेका थिए ।

आजको छलफलमा उपाध्यक्ष वामदेव गौतमको ६ बुँदे प्रस्तावबारे पनि छलफल भएको छ । ओलीले गौतमको प्रस्ताव समाधानको सूत्र हुन सक्ने धारणा राखेका थिए । उक्त प्रस्तावमा प्रचण्ड धेरै नकारात्मक नदेखिए पनि महाधिवेशनसम्म ओलीका दुवै पद कायम रहेन विषयमा उनले सहमति प्रकट गरेनन् ।  छलफलमा सहभागी खनाल र नेम्वाङले भने खासै धारणा राखेनन् ।

बालुवाटार स्रोतका अनुसार अन्ततः गौतमको प्रस्तावमा सहमति जुट्ने ओलीको विश्वास रहेको छ । महाधिवेशनबाट आफू अध्यक्ष निर्वाचित हुने सुनिश्चिततामा गौतमको प्रस्तावमा प्रचण्ड सहमत हुनेछन् भन्ने विश्वास ओली पक्षको छ ।

प्रचण्डका निटक मानिएका पूर्वमाओवादीतर्फका र अर्का वरिष्ठ नेता माधव नेपाल पक्षका भनिएका केही स्थायी कमिटी सदस्यहरुले गौतमको प्रस्तावमा समर्थन गरेपछि प्रचण्ड केही हच्केको ओली पक्षको अनुमान छ ।

प्रधानमन्त्री ओली निकटस्रोतका अनुसार गौतमको सहयोगमा तत्कालीन समाधान खोज्ने र महाधिवेशनसम्म पुग्ने ओलीको रणनीति छ । यही अन्तर्गत ओली ‘पारिवारिक भेट’ गर्न गौतम निवासमा पुगेका हुन् ।

ओलीनिटक स्रोतका अनुसार गत १३ गते स्थगन भनिएको स्थायी कमिटी बैठक चलाएर ‘दुवै अध्यक्षको सल्लाहमा अर्को बैठकको मिति तोक्ने’ निर्णय गराउनुलाई ओलीले सकारात्मक र आफ्नो आफ्नो पल्ला भारी भएको रूपमा बुझेका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ५ : ५५ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र