सत्याग्रहमा बसेका युवाहरुलाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री | Khabarhub Khabarhub

सत्याग्रहमा बसेका युवाहरुलाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- कोरोना भाइरस नियन्त्रणमा सरकारले चालेको कदम प्रभावकारी नभएको आरोप लगाउँदै गत पाटनमा सत्याग्रहमा बसेका अभियन्ताहरुलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली मण्डिखाटारमा रहेको ह्याम्स हस्पिटल पुगेका छन्।

गत शुक्रवारदेखि पाटनको कृष्ण मन्दिर अगाडि रहेको मणि मण्डपमा सत्याग्रहमा बसेका ई: र पुकार बमलाई स्वास्थ्य समस्या देखिएपछि ह्याम्स हस्पिटल लगिएको थियो।

अभियन्ताहरुलाई हस्पिटल लगिएको करिब ३० मिनेटपछि ओली उनीहरुलाई भेट्न पुगेका हुन्। हाल एमर्जेन्सीमा रहेका पुकार र ई: सँग प्रधानमन्त्रीले कुरा गरिरहेको इनफ इज इनफले जनाएको छ।

प्रधानमन्त्री नै अस्पताल पुगेर सत्याग्रहीहरुको बारेमा बुझ्न आउनु सकारात्मक रहेको इनफ इज इनफले बताएको छ।

उनीहरुले कोरोना परीक्षणमा पीसीआर लागू गर्न, आरडीटी बन्द गर्न र क्वारेन्टाइनको व्यवस्थापन गर्न सरकार समक्ष माग गरेका छन्।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ७ : ५७ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम