कुपोषण रोकथामका लागि २ दातृ संस्थाको २ लाख ५० हजार युरो सहयोग | Khabarhub Khabarhub

कुपोषण रोकथामका लागि २ दातृ संस्थाको २ लाख ५० हजार युरो सहयोग


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बालबालिकामा हुनसक्ने कुपोषण रोकथामका  लागि युरोपियन युनियन र युनिसेफले २ लाख ५० हजार युरो बराबरको सहयोग गरेका छन् ।

कोभिड-१९ का कारण ग्रामीण महिला स्वास्थ्य स्वयंसेविकाहरूले  शिशु, बालबालिका र आमाहरूको पोषण तथा स्वास्थ्य अवस्था जाँच गर्न नपाएकाले स्वास्थ्य सेवामा  उनीहरूको पहुँच पुर्‍याउने उद्देश्यले उक्त रकम बराबरको सहयोग गरिएको हो ।

हाल सन्चालित ‘पोषणका लागि हातेमालो’ परियोजनालाई युरोपियन युनियनले प्रदान गरेको थप २ लाख ५० हजार युरो बराबरको सहयोगले ‘परिवारले पाखुराको नाप लिने (फ्यामिली मुआक)’ लिनका लागि तथा  आफ्ना बालबालिकाको  स्वास्थ्य अवस्थाको ख्याल गर्न अभिभावकहरूलाई सहयोग पुग्ने २ दातृ संस्थाको  अपेक्षा छ ।

उक्त सहायता रकम ३० वटा जिल्लाका  ३०८ स्थानीय तहका अभिभावकहरूले पाखुरा नाप्ने फित्ताको प्रयोग गरि आफ्ना बालबालिकाको पोषणको अवस्था थाहा पाउन सक्नेछन् ।

कुपोषणको  प्रारम्भिक अवस्थामै प्रभावित बालबालिकाको पहिचान गर्न तथा उनीहरूलाई सबैभन्दा नजिक पर्ने बहिरंग उपचार सेवा केन्द्र एवं पोषण पुनर्स्थापन केन्द्रमा पठाउन सहज बनाइदिनुका साथै यस सहयोगले ग्रामीण महिला स्वास्थ्य स्वयंसेविकाहरू तथा समुदायमा हुन सक्ने जोखिम कम गर्ने युनिसेफ र युरोपेली युनियनले जारी गरेको संयुक्त बिज्ञप्तिमा उल्लेख छ ।

‘विगत १० वर्षदेखि कुपोषणविरुद्ध लड्नको लागि युरोपियन युनियनले नेपाल सरकारलाई गर्दै  आइरहेको सहयोगबाट नतिजा पनि अनुभूत हुने गरि आइरहेको छ । कुपोषण हटाउनका लागि आफू सधै नेपालको साथमा रहने बलियो सन्देश दिन चाहन्छ,’ नेपालका लागि युरोपियन युनियनका राजदुत भेरोनिका कोडीले भने ।

 

यस्तै नेपालका लागि युनिसेफका प्रतिनिधि एल्के विसले २०१६ देखि युरोपियन युनियन र युनिसेफले सबैभन्दा बढी मातृ तथा बाल कुपोषण व्याप्त रहेका ३० जिल्लाहरूमा संचालित बहु-क्षेत्रीय पोषण योजनालाई विस्तार गर्नका लागि नेपाल सरकारलाई सहयोग गर्दै आइरहेको जानकारी दिए ।

वितेको एक दशकमा बाल पोषणको क्षेत्रमा हासिल भएका उपलब्धिहरू पनि कोभिड-१९ का कारण उल्टिने अवस्था आएकाले आर्थिक सहयोग बृद्धि गरेको उनले बताए ।

२ दातृ संस्थाले पोषण केन्द्रित कार्यक्रमहरू अन्तर्गत मुख्य रूपमा कुपोषण प्रभावित बालबालिकाको उपचार, स्तनपानको संरक्षण , प्रवर्दन र  सहायता तथा  भिटामिन ए र अन्य सुक्ष्म पोषक तत्वहरू खुवाउने लगायतका काममा सहयोग गर्दै आएका छन् ।

 

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ५ : ४६ बजे

प्राधिकरणले काटेको बिजुली जोड्दै हर्क साम्पाङले भने– पोलको पैसा तिर

सुनसरी- नगरपालिकाले सडक बत्तीको महसुल नबुझाएको भन्दै विद्युत प्राधिकरणले ताकेता

सोलुखुम्बुमा सरकारी जग्गा बिक्री गर्ने १० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार

एकल र साझा अधिकार सूचीमा रहेका कानून सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

हेटौँडा– बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन

रविमाथि छानबिन नभए बजेट अधिवेशन चल्दैन : रमेश लेखक

काठमाडौं- फागुन २१ गते अचानक माओवादी–कांग्रेस गठबन्धन सरकार फेरिएपछि नेपाली

संविधानलाई पूर्ण बनाएर सफल कार्यान्वयन गर्नुपर्छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधानलाई पूर्ण