इंग्लिस प्रिमियर लिग फुटबल : वेस्ट ह्यामसंग हार्‍यो चेल्सी | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग फुटबल : वेस्ट ह्यामसंग हार्‍यो चेल्सी


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामसँग चेल्सीले हार ब्यहोरेको छ । चेल्सीले वेस्ट ह्यामसंग ३–२ को पराजय ब्यहोरेको हो ।

ब्राजिली स्टार विलियनमले दुई गोल गरे पनि चेल्सीले हार जोगान सकेन । उनले खेलको ४२ औं मिनेटमा पेनाल्टीमा चेल्सीलाई अग्रता दिलाएका थिए ।

हिलो हाफको ईन्जुरी समयमा टोमस सौसेकले घरेलु टोलीका लागि बराबरी गोल फर्काए । माईकेल एन्टोनियोले ५१ औं मिनेटमा गोल गर्दै वेस्ट ह्यामलाई २–१ को अग्रता बनाएको थियो ।

पुनः विलियनले ब्यक्तिगत दोस्रो गोल गर्दैै खेल बराबरीमा ल्याएका थिए । खेल सकिन एक मिनेट अघि एन्ड्री यरमालेन्कोले वेस्ट ह्यामका लागि विजयी गोल गरे ।

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले काउन्टरमा गोल गर्दै उनले जित दिलाएका थिए ।

चौथो स्थानमा ५४ अंक जोडेर बसेको चेल्सीलाई म्यान्चेष्टर युनाईटेड र उल्भ्सले ५२ अंक सहित पछ्याईरहेका छन् । वेस्ट ह्याम भने ३० अंक सहित तालिकाको १६ औं स्थानमा छ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ७ : ०५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम