अमेरिकामा पक्राउ परेका इरानी वैज्ञानिक रिहा | Khabarhub Khabarhub

अमेरिकामा पक्राउ परेका इरानी वैज्ञानिक रिहा


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानका विदेशमन्त्री मोहम्मद जावद जरिफले संयुक्तराज्य अमेरिकामा पक्राउ परेका इरानी वैज्ञानिक मुक्त भएर स्वदेश फर्कन लागेको बताए ।

मन्त्री जरिफले इरानी बैज्ञानिक डा सिरोज असगरी सवार बिमान अमेरिकाबाट इरानका लागि प्रस्थान गरिसकेको पनि बताए ।

डा असगरीमाथि अमेरिकी व्यापारिक गोपनीयता चोरी गरेको अभियोगमा सन् २०१६ मा पक्राउ गरिएको थियो । उनी त्यसबखत अमेरिकाको ओहायोमा प्राज्ञिक कामको सिलसिलामा भ्रमणमा गएका थिए ।

तेहरानको शरिफ प्रविधि विश्वविद्यालयका ५९ वर्षीय बैज्ञानिक डा असगरलाई गत नोभेम्बरमा अमेरिकी एक अदालतले छाड्ने आदेश दिएको थियो ।

गत मार्चमा बेलायती अखबार दी गार्डियनले डा सिरोजले आफूलाई अत्यावश्यकीय सरसफाईका सामान समेत नदिई लुजिआनास्थित अध्यागमनको थुनामा राखिएको भन्दै अन्तर्वार्ता दिएका थिए ।

सोमबार इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसभीले डा असगरीमाथिको मुद्दा टुंगिएको जानकारी दिनुभएको थियो । इरान र संयुक्तराज्य अमेरिका दुबैले एकअर्का मुलुकका केही नागरिकलाई बन्दी बनाएर राखेका छन् ।

इरानमा हालसम्म पनि कम्तीमा पाँच जना अमेरिकी नागरिक थुनामा छन् भने अमेरिकामा कम्तीमा १९ जना इरानी बन्दी छन् ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ४ : ०२ बजे

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको