हिरासतको झ्याल उक्काएर भागे तीन कैदी | Khabarhub Khabarhub

हिरासतको झ्याल उक्काएर भागे तीन कैदी


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- हिरासतमा रहेका तीन जना थुनुवा भागेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका उनीहरु हिरासतको झ्याल उक्काएर भागेका हुन् ।

लागु औषध कारोबार अभियोगमा पक्राउ परेका तीन जना राती १ बजे हिरासतको झ्याल उक्काएर भागेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक लोकनाथ तिम्सिनाका अनुसार भाग्नेहरुमा वीरेन्द्रनगर–६ का सन्दीप कसेरा, वीरेन्द्रनगर–६ का रोशनराज रेग्मी र वीरेन्द्रनगर–३ का सुनिल थारु रहेका छन् ।

उनीहरु जना लागुऔषध कारोबार अभियोगमा पक्राउ परेका थिए ।

भागेकाहरुको खोजी कार्य जारी रहेको डिएसपी तिम्सिनाले बताए।

थुनुवा झ्याल नै उक्काएर भाग्दा पनि प्रहरीले भने बिहान मात्र थाह पाएको थियो। 

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  १० : ३५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड