कांग्रेस सांसदले भने : जुत्ता प्रकरणले लोकतन्त्र धरापमा पर्न सक्छ, सबै दल एक ठाउँमा उभिनुपर्छ | Khabarhub Khabarhub

कांग्रेस सांसदले भने : जुत्ता प्रकरणले लोकतन्त्र धरापमा पर्न सक्छ, सबै दल एक ठाउँमा उभिनुपर्छ


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतवार प्रचण्डमाथि राष्ट्रयसभाको एक कार्यक्रममा जुत्ता प्रहार भएको विषयमा संसदले चासो व्यक्त गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका सांसद अत्तरकमाल मुसलमानले नेताप्रति वितृष्णा देखिएको बताए ।

उनले राष्ट्रिय सभागृहमा भएको घटना देशव्यापी रुपमा फेलिँदा लोकतन्त्र धरापमा पर्न सक्ने बताउँदै सबै दल एक ठाउँमा उभिनु पर्ने बताए ।

‘लोकतन्त्रमा नेतृत्वमा रहेको नेताप्रति एउटा वितृष्ण उत्पन्न भइरहेको छ, यसबाट तत्काल दलहरूबीच राष्ट्रलाई निकाश दिनुपर्ने आवश्यकता छ । नेताप्रति वितृष्ण फैलिँदा राष्ट्रिय सभागृहमा भएको घटना देशव्यापी रूपमा फैलिँदा लोकतन्त्र धरापमा पर्न सक्छ । सबै दल एक ठाउँमा उभिई नेतृत्वप्रतिको विश्वासलाई कायम गरौं,’ संसद बैठको शून्य समयमा उनले भने ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  २ : ४४ बजे

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन

एक केजीभन्दा बढी सुन र नगदसहित ७ जना पक्राउ

काठमाडौं– प्रहरीले एक केजीभन्दा बढी अवैध सुन र नगदसहित ७

सर्वोत्तम सिमेन्टको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं– सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण

नेपाली सेनामा जागिर खुल्यो , ३१९ जनाको दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी