एमसीसीबारे चाँडै निर्णयमा पुग्छौ : प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

एमसीसीबारे चाँडै निर्णयमा पुग्छौ : प्रधानमन्त्री ओली


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले अमेरिकन च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे निर्णय गर्न ढिला नगर्ने बताएका छन् ।

नेकपाको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले समिति समेत गठन भएको भन्दै एमसीसीबारे निर्णय गर्न ढिला नहुने बताएका हुन् ।

बुधबारदेखि सूरु भएको केन्द्रीय समिति बैठकमा अधिकांश सदस्यले अहिलेकै अवस्थामा एमसीसी अनुमोदन गर्न नहुने र विज्ञ समिति बनाएर त्यसबारे निर्णय हुनुपर्ने सुझाव दिएका थिए ।

केन्द्रीय समितिमा एमसीसीको मुद्दा चर्कोसँग उठेपछि आइतबार बिहान बसेको सचिवालय बैठकले तीन सदस्यीय समिति बनाउने निर्णय गरेको थियो जसलाई केन्द्रीय समितिले अनुमोदन गरेको छ ।

कार्यदललाई दस दिनमा प्रतिवेदन पेस गर्न समय दिइएको छ। नेकपा बरिष्ठ नेता झलनाथ खनाल संयोजक रहेको कार्यदलमा स्थायी समिति सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवाली सदस्य छन्।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ५ : ५९ बजे

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको