एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र चितवन छाड्न निर्देशन « Khabarhub

एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र चितवन छाड्न निर्देशन


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्ललाई १२ घण्टाभित्र सरुवा गरी पठाइएको ठाउँमा हाजिर हुन निर्देशन दिइएको छ ।

३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले एसपी मल्ललाई १२ घण्टाभित्र चितवन छाडी (रमाना बुझी) सरुवा गरी पठाइएको ठाउँमा हाजिर हुन भनेको हो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पुस ४ गतेको निर्णयानुसार एसपी मल्ललाई जिल्ला प्रहरी कार्यालय चितवनबाट महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयल, गौचर काठमाडौं सरुवा गरिएको थियो ।

तर, एसपी मल्लले चितवन छाड्न अटेर गरिरहेका थिए । एसपी मल्लको अटेरीका कारण उनको ठाउँमा सरुवा भएकी एसपी गंगा पन्त  हाजिर हुन पाएकी थिइनन् ।

प्रदेश प्रहरी कार्यालय हेटौंडाले एसपी मल्ललाई पत्र लेख्दै १२ घण्टाभित्र चितवनबाट रमाना लिएर सरुवा गरी पठाइएको ठाउँमा हाजिर हुन निर्देशन दिएको हो ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  १२ : १४ बजे

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने