नयाँ वर्ष उपलब्धीमूलक बनाउन नयाँ पुस्तालाई असल संस्कार दिउँ | Khabarhub Khabarhub
Logo
१७ फाल्गुन २०७६, शनिबार

नयाँ वर्ष उपलब्धीमूलक बनाउन नयाँ पुस्तालाई असल संस्कार दिउँ



प्राय: सबै नेपालीले एक वर्षको ३६५ दिनमा पाँच-पाँच चोटी नयाँ वर्ष मनाउँछन्। नेपालीलाई केही चाहिँदैन्, कसैले आज त नयाँ-वर्ष मात्र भनिदिए पुग्छ । उ मनाउन तैयार भइहाल्छ। उसलाई याद पनि नहुन सक्छ यो वर्षमा उसले कतिचोटी यस्तो नयाँ वर्ष मनायो ।

मंगलवार दिउँशो तमु ल्होसारको नया बर्ष सिद्धियो। अनि बुधबार अंग्रेजी नया-वर्ष ह्याप्पी-न्यु ईएर २०२० शुरु भयो ।

प्रत्यक वर्ष तिहार-ताका नेवार-समुदायहरुले न्हुँ-दया भिन्तुना (नयाँ चर्षको शुभकामना) भनेर उपत्यका भित्रका तीन-शहरलाई धपक्कै बाल्छन्।

जुलुस-नारा शमारोह र रमिता गरेर। अबको एक सय दुई दिनमा फेरि नेपालीको बिक्रम सम्वत २०७७ को नयाँ-वर्ष आउँदैछ्। विदेशमा त नयाँ-वर्षको शुभ-कामना एकपटक मात्र लिने-दिने गरे पुग्छ। तर हाम्रो देशमा त कम्तिमा चार-चार पटक नयाँ वर्षको शुभकामना आदान-प्रदान लिएको लियै, दिएको दियै । तर हाता लाग्ने के ? नास्ती ? यो पनि गज्जबै हो।

वर्षको चार पटक नयाँ-वर्ष मनाउने दैशले त देशको विकाश पनि चार-गुणा छिटो गर्न सक्नु पर्ने हो । कि एक वर्षमा चार-पाँच पटक नयाँ वर्ष भन्दै रमाइलो मात्रै गर्ने हो? यो कुरा हामीले हाम्रा नयाँ पुस्तालाई सिकाउन जरुरी छ । तर कसरी ?

उनीहरुलाई नयाँ वर्षको अर्थ, महत्व र उपयोगिता सिकाउन सक्नुपर्छ । नत्र पात्रोको पाना पल्टने र मिति लेख्दा अंक परिवर्तन हुने बाहेक नयाँ वर्षले खास उपलब्धी दिँदैन ।

कुनै बेला नेपालका मल्ल राजाले उनको राज्यमा प्रत्येक घरमा चुलो बले नबलेको हनुमान ठोकाको नौ-तले दरवारबाट हेरेर थाहा पाउँथे रे। अनि छाना बाट धुवा ननिस्केको घरमा बुझ्न पठाउँथे रे।

यहाँ आजको नेपालमा कसैको भन्छा, चलोस्-नचलोस्; कसैको चुलोमा आगो बलोस-नबलोस्, नयाँ-वर्ष त चल्छ चल्छ । वर्षमा आधा दर्जन जती नया बर्ष त मनाईन्छ नै, जस्ले जे भने पनि।

अरुको देशमा ६० वर्षमा ६० नयाँ वर्ष मनाईन्छ होला। तर, नेपालमा त ६० वर्षमा कम्तिमा ३ सय चोटी नयाँ-वर्ष मनाईने गरिन्छ। हामी आई ए मा पढदा हाम्रा आदरणिय गुरु शाम्ब देँ पाण्डेले पब्लिक फाईन्यान्स पढाउनु हुन्थ्यो करिब ५० वर्ष अघि। त्यहाँ उनले पुरानो मुद्राले नयाँ मुद्रालाई धपाउँछ (ओल्ड मनी टेन्डस् टो ड्राईभ अवे गुड मनी) भन्नु हुन्थ्यो। के नेपालमा पनि नयाँ नयाँ चाड-पर्वले परम्परागत ऐतिहासिक सबै चाड-पर्वहरुलाई धपाउँदै गरेको त होईनन?

गत डिसेम्बर २५ को थ्याङ्कस् गिभिङ-डे भनेको त क्रिश्चियन हरुले उनको देवता (गड) लाई धन्यबाद दिने पर्व पो रहेछ। हाम्रा हिन्दु, बुद्ध वा अरु धर्म मान्ने नमान्नेले मासु र के के खाएर मनाईदिए थ्याङ्स-गिभिङ्ड दे पनि।

बिडम्वना, नेपालका रमाईला पुरान आमा भन्दा मामा निको (प्यारो), मामा भन्दा निको पुष्टकारी बेच्ने पसले-बा भने झैँ, आज भोली हाम्रा चाड-पर्व र मेला भने हामीलाई फिका फिका लाग्ने गरेका छन् ।

गोठालालाई पाडो पाए पनि पाडी पाए पनि बिगौती ध्यान भने झैँ हिन्दु, क्रिश्चियन, जे भए पनि जस्तो र जस्को भए पनि मनाउने तरिका त एउटै एउटै, टेबल भरी खाना-पिना, संधै संधै भेटिरहने संघै बसेर आजको खाना-पिना र जाँड-पानी बिशेष उल्लाश र उमँगको साथ पिउने र हल्ला गर्ने।

हिजो प्रथम र द्वितीय विश्वयुद्धमा लडेर मर्ने वीर गोर्खाहरु आज मलेशिया, र खाडीमा उनीहरुको राष्ट्र-निर्माणमा सघाउ पुर्‍याउन गैर-शिल्पी या मजदुरी गरेर घरमा सामल-तामल जुराउन रेमिट्यान्स पठाउँदैछन्। तर नेपालका नेता, कार्यकर्ता, बुज्रुग, ज्ञानी, सल्लाहकार, राजनीतिक नेता र उनका कार्यकर्तालाई वर्षको पाँच पटक नयाँ वर्षको शुभ-कामनाको फरमान जारी गर्दैमा व्यस्त देखिन्छन्।

आज कसलाई चासो छ ‘आईएलओ’को रिपोर्ट पढ्न । प्रतिदिन कति विदेशी कामदार नेपालीहरु ठम-ठमी हिँडेर उडेर गएर, काठको बाकसमा मृत रुपमा फर्कन्छन् ।

विदेशमा मजदुरीको लागि पठाउने बिचौलिया दलाल स्वर्गको सपना देखाएर जीवनमा कहिल्यै नविर्सने पीडा भोग्न बाध्य बनाउँदै छन ।

त्यसैले अब हाम्रा पुस्तालाई असल संस्कार सिकाउन आवश्यक छ । प्रगति र रमाइलो फरक कुरा भन्ने जानकारी गराउन आवश्यक छ ।

प्रत्येक वर्ष नयाँ वर्ष र सेलिब्रेसनका नाममा हुने खर्च (पैसा र समय) उत्पादनमूलक ठाउँमा लगाउन सकियो भने त्यसको प्रभाव दर्शाउन आवश्यक छ ।

बहुलजाति भएको देश नेपालमा आआफ्नै रहनसहन र परम्परा छ । यो कसैको प्रभाव र दबाबमा परिवर्तन हुन हुँदैन । त्यसका लागि सन्ततीले असल संस्कार पाउनुपर्छ ।

परम्पराका धनी हामी नेपालीले परम्परा विर्सेर रमाइलोका नाममा भावी पुस्ताले दु:ख पाउने काम गर्नु हुँदैन ।


भर्खर

0