कालीकोटकी नन्दासँग विवाह बन्धनमा बाँधिदै रमेश | Khabarhub Khabarhub

कालीकोटकी नन्दासँग विवाह बन्धनमा बाँधिदै रमेश


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चर्चित प्रखर वक्ता रमेश प्रसाईं वैवाहिक बन्धनमा बाँधिने भएका छन् ।

उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कस्ने भएका हुन् । रमेश र नन्दाले आगामी २२ गते सोमबारका दिन बिबाह गर्न लागेका हुन् । उनीहरुले धरानमा बिहे गर्ने बुझिएको छ ।

दृष्टिविहीन भए पनि प्रसाईं आफ्नो अद्भुत क्षमताका कारण चर्चित छन् । मिठो स्वरका धनी प्रसाईंसँग विवाह गर्न लागेकी नन्दा पनि दृष्टिविहीन नै हुन् ।

आफ्नो बोलीबाटै करोडौं दर्शक तथा स्रोताको मन जितेका रमेश विगत तीन बर्षदेखी नन्दासँग प्रेम सम्बन्धमा रहेको बुझिएको छ ।

यसअघि लाइभ दोहोरी गाएपछि गायिका कल्पना दाहालसँग रमेशको नाम जोडिएको भएपनि कल्पना र रमेश मिल्ने साथी मात्र थिए । उक्त समयमा पनि रमेश र नन्दा गहिरो प्रेम सम्बन्धमा नै थिए ।

विशेष जानकारी अनुसार रमेश धरानबाट काठमाडौं बस्ने गरी आइसकेपछि उनीहरुको प्रेम थप गाढा भएको हो । नन्दा र रमेशबीच ३ वर्षदेखि प्रेम सम्बन्ध रहेको छ ।

३ वर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । ३ वर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए ।

अहिले सामाजिक सञ्जालमा उनीहरुको बिहेको निमन्त्रणा कार्ड भाइरल भएको छ ।

तस्वीर- सामाजिक सञ्जालबाट

उनीहरुलाई सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना आइरहेका छन् । आफूहरुको बिहेको विषयमा रमेश र नन्दाले भने सामाजिक सञ्जालमा कुनैपनि प्रतिक्रिया दिएका छैनन् ।

नन्दा पनि एक समाजसेवी हुन् । विगत केही वर्षदेखि उनी काठमाडौंको चाबहिलमा बाल आश्रम सञ्चालन गरिरहेकी छिन् । नन्दाले १० जना अनाथ बालबालिकालाई आश्रय दिएकी छिन् ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ६ : ३४ बजे

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको