नेकपा बैठक : अध्यक्षद्वयका 'प्रस्ताव'माथि छलफल प्रारम्भ | Khabarhub Khabarhub

नेकपा बैठक : अध्यक्षद्वयका ‘प्रस्ताव’माथि छलफल प्रारम्भ

सचिवालय बैठक पुनः भोलि १ बजे बस्ने


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रस्तावमाथि छलफल प्रारम्भ भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा दुबै प्रस्तावमाथि छलफल प्रारम्भ भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा ३८ पृष्ठको ५३ बुँदे प्रस्ताव पेश गरेका थिए । भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक २८ गतेको सचिवालय बैठकमा १९ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

मंगलबारको सचिवालय बैठकमा दुवै प्रतिवेदनमाथि छलफल सुरु भएको हो ।

मंगलबारको सचिवालय बैठकमा अध्यक्ष ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको प्रतिवेदन र कार्यकारी अध्यक्ष प्रचण्डले अध्यक्ष ओलीको प्रतिवेदनमाथि धारणा राखेका छन् ।

प्रवक्ता श्रेष्ठले पार्टीभित्रको विवाद समाधानका लागि औपचारिक र अनौपचारिक दुबै खाले छलफललाई निरन्तरता दिने भन्दै कुनै पनि हालतमा पार्टी फुट्न नदिने प्रतिवद्धता नेताहरुबाट आएको बताए ।

बैठकमा अध्यक्षद्वयसँगै अन्य सचिवालय सदस्यलेसमेत धारणा राखेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । सचिवालयको अर्को बैठक बुधबार दिउँसो १ बजे पुनः बस्नेगरी सम्पन्न भएको प्रवक्ता श्रेष्ठले बताए ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ४ : ५७ बजे

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि