फुट र विखण्डनको बाटो समात्नु देश र जनताप्रति गद्दारी हुनेछ : नेता रावल | Khabarhub Khabarhub

फुट र विखण्डनको बाटो समात्नु देश र जनताप्रति गद्दारी हुनेछ : नेता रावल


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले स्थायी कमिटीकाे बैठक तुरुन्त बाेलाउन माग गरेका छन् ।

नेकपा विवाद उत्कर्षमा रहेकाे नेकपा अध्यक्ष पुष्पकमल दाहालकाे अभिव्यक्ति सार्वजनिक भएपछि नेता रावलले तत्काल स्थायी कमिटी बैठक बोलाउन माग गरेका हुन् ।

प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले मिलेर जान नसक्ने भए पार्टी अलग–अलग चलाउने प्रस्ताव आफूलाई गरेकाे प्रचण्डको भनाइ सार्वजनिक भएपछि नेता रावलले यस्तो बताएका हुन् ।

नेता रावलले ट्वीट गर्दै लेखेका छन्, ‘विधि, प्रणाली र संस्थागत निर्णय पार्टी सञ्चालन र मतभेद व्यवस्थापनका मूल आधार हाे । स्थायी कमिटीको बैठक तुरून्त बोलाइयोस् । यी कुराको अवज्ञा गरी कसैले फुट र विखण्डनको बाटो समाते देश र जनताप्रति गद्दारी र नेकपाविरूद्धको अपराध हुनेछ।’

उनले समझदारी,एकता र देशकाे हित राखेर पार्टी भित्रको समस्या समाधान गर्न आग्रह गरेका छन् ।

यस्तो छ उनको ट्वीट

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ९ : ३२ बजे

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले