नेकपा फुट्ने संकेत छैन – प्रधानमन्त्री | Khabarhub Khabarhub

नेकपा फुट्ने संकेत छैन – प्रधानमन्त्री


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यममा आएजस्तो नेकपा फुट्ने संकेत नभएको बताएका छन् ।

ललितपुरको गोदावरीमा अन्तर्राष्ट्रिय सभाहलको निरीक्षण गर्न पुगेका प्रधानमन्त्री ओलीले पार्टी फुट्ने संकेत नभएको बताएका हुन् । उनले पार्टीको विषयमा छलफल भएपनि उक्त छलफल कर्णाली प्रदेश सरकारको विषयमा केन्द्रित भएको जिकिर गरे ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको विषयमा भइरहेका छलफलको विषयमा आफुले सोधेको भन्दै प्रधानमन्त्री ओलीले पार्टीलाई ठिक ढंगले अगाडी बढाउनुपर्छ भन्ने विषयमा केन्द्रित भएर छलफल भएको बताए ।

लामो समयदेखि बालुवाटारबाट बाहिर ननिस्किएका प्रधानमन्त्री ओली पार्टी अन्तरकलह चर्किएको र महासचिब बिष्णु पौडेलले पार्टी एकता गंभीर संकटको मोडमा आईपुगेको सन्देश प्रबाह गरेकै दिन बालुवाटारबाट बाहिर निस्किएका हुन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ६ : ५५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम