वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज | Khabarhub Khabarhub

वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना भाइरस सङ्क्रमण मुक्त भएपछि आज अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना पुष्टि भएको १० दिनपछि मुख्यमन्त्री पौडेल कोरोनामुक्त भएका हुन। कोरोना रिपोर्ट नेगेटिभ आए पनि अस्पतालमै रहेका पौडेल आज डिस्चार्ज भएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।

शनिबार (हिजो) काभ्रेको धुलिखेलमा पुनः स्वाब परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको हो ।

पौडेलको कात्तिक ६ मा हेटौंडा– १० मा रहेकाे प्रादेशिक प्रयोगशालामा कोरोना परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको थियो । उनी गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्र बाँसबारीमा उपचाररत थिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ५ : ५३ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम