हराएको मोबाइलबाट फोटो दुरूपयोग होला भनेर चिन्तित हुनुहुन्छ ? यस्तो छ हटाउने तरिका | Khabarhub Khabarhub

हराएको मोबाइलबाट फोटो दुरूपयोग होला भनेर चिन्तित हुनुहुन्छ ? यस्तो छ हटाउने तरिका


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोबाइल हराएमा तपाईँ हामलाई अर्को खरिद गर्नु पर्ने चिन्ताले मात्र सताउँदै । हराएको मोबाइलमा भएका फोटो, भिडियोसहितका डाटा कसैले दुरूपयोग गर्दिने हो कि भन्ने चिन्ताले पनि खुबै सताउँछ ।

यदि तपाईंको फोन कतै चोरी भएको छ र तपाईंको व्यक्तिगत फोटोहरू र भिडियोहरू यसमा छन् भने पनि अब तपाईं आत्तिनु पर्दैन। हराएको मोबाइलमा भएका फोटो, भिडियोसहितका डाटा तपाईँ आफैँले डिलिट गरिदिन सक्नु हुन्छ । जसका लागि तपाईले निम्त तरिका अपनाउन जरूरी छ ।

यस्तो छ तरिका

तपाईँले हराएको मोबाइलका फाइल हटाउनका लागि सबैभन्दा पहिला तपाईको कम्प्युटर वा अन्य मोबाइलमा सर्वप्रथम त इन्टरनेटको जरूरत हुन्छ । यदी इन्टरनेट छैन भने त्यो काम असम्भव छ । अर्थात आधारभूत सर्त नै  इन्टरनेट हो ।

अब सबैभन्दा पहिले आफ्नो कम्प्युटर वा अन्य फोनमा इन्टरनेट ब्राउजर खोल्नुहोस्।

यहाँ तपाईले हराएको फोन खोज्न https://www.google.com/android/find टाइप गर्नुपर्नेछ।

अब तपाईले त्यहाँ आफ्नो जीमेल आईडीबाट लगइन गर्नु पर्छ जुन हराएको वा चोरी भएको तपाईँको स्मार्टफोनमा पनि राख्नु भएको छ।

त्यहाँ तपाईले प्ले साउन्ड, सिक्योर डिभाइस र ईरेज डिभाइसको तीनवटा विकल्प देख्नुहुनेछ।

सो फोनको डाटा मेटाउन अब तपाईंले (ERASE DEVICE) इरेज डिभाइसमा क्लिक गर्नुहोस् ।

एकचोटि अझै क्लिक गरेपछि तपाईले त्यसमा जीमेल पासवर्ड पुन राख्नुपर्नेछ।

यदि इन्टरनेट तपाईंको सो फोन इन्टरनेटमा कनेक्ट छ भने तपाईंले आफ्नो सबै डाटा मेटाउन सक्नुहुन्छ। यसबाट तपाईँको तनाव कम हुन्छ । हराएको फोन नै नभेटिए पनि कोही दुष्ट व्यक्तिले त्यसका डाटा दुरूपयोग गर्नबाट जोगाउन सकिन्छ ।

 

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ७ : ५५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड